सार्कका लागि उपत्यकामा दुई दिन बिदा, मंसिर ८ देखि १२ सम्म जोर विजोर सञ्चालन
अठारौँ सार्क शिखर सम्मेलनका अवसरमा नेपाल सरकारले काठमाडाँै उपत्यकामा मङ्सिर १० र ११ गते सार्वजनिक बिदाको घोषणा गरेको छ । काठमाडाँै उपत्यकाका शैक्षिक संस्थाहरूमा मङ्सिर ९ देखि १२ गतेसम्म सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । त्यसैगरी, काठमाडाँै उपत्यकामा सञ्चालित निजी एवम् भाडाका सवारीसाधन मङ्सिर ८ देखि १२ गतेसम्म जोर÷बिजोर गरी सञ्चालनमा ल्याइने छ ।