क्रिसमसको लागि गरे केकको तयारी पूर्व मिस नेपालहरुले, केक खान एभरेष्ट होटलमा निम्तो


cake1इसाई धर्मावलम्बीको पर्वक्रिस्मसका बेला नेपाल सुन्दरीले बनाएको विशेष केक खान चाहनुहुन्छ भने यसका लागि बानेश्वरस्थित एभरेष्ट होटलमा पुग्नुपर्ने हुन्छ यस वर्षको क्रिस्मसका लागि भनेर एभरेष्ट होटलले आज पूर्व मिस नेपाल उषा खड्गी, सुगरिका केसी मिस ग्लोबल निलम चन्दलाई विशेष केक बनाउन डाकेको थियो सुन्दरीले भान्छेको ड्रेस लगाएर केक तयार पारेका थिए सेतो रङ्गकोएप्रोन टोपी लगाएर केक बनाउँदै गर्दा उनीहरु निकै रमाइलो मानिरहेका थिए ग्लोबल सुन्दरी निलमले यस्तो कार्यक्रममा पहिलो पटक भाग लिएकाले पनि आफूलाई साह्रै रमाइलो लागेको बनाउँदा बनाउँदै आफैँले बनाएको केक खान मन लागेको बताइन् केकका लागि आवश्यक बदाम, काजु, किसमिस, अदुवा, सुन्तला, अलैँची, सुकुमेललगायत खाद्यवस्तुलाई वाइनमा मिसाएर एक महिना पकाउनका लागि राखिएको सबै वस्तुलाई एकै ठाउँमा राखेर सुन्दरीले रमाइलो मान्दै मोलेका थिए यस कार्यलाईकेक मिक्सिङ को नाम दिइएको थियो सबै मिसाउँदा ३२ किलो भएको एभरेष्टका कार्यकारी सेफ गोविन्द नरसिंह केसीले बताउनुभयो अहिले ३२ किलो रहेको सो सामग्री एक महिनापछि केक तयार हुने बेलामा कम्तिमा पनि ५५ किलो हुनेछ होटलको बेकरीमा केक बनाएर राखिने क्रिस्मसको बेलामा हुने पार्टीमा केकसर्भ गरिने उहाँले जानकारी दिनुभयो पन्ध्रौँ शताब्दीदेखि क्रिस्मस मनाउन थालिएको बताइन्छ युरोपका मुलुकले क्रिस्मसका बेला नाचगान, पार्टी भेटघाटका कार्यक्रम गर्ने परम्परा सुरु गरेको उहाँ बताउनुहुन्छ नेपालमा पनि यसरी क्रिस्मसका बेलामा सेलिब्रेटीहरुलाई डाकेर केकलगायत विभिन्न खानेकुरा तयार गर्न लगाउने काम होटल सोल्टीबाट सुरु भएको केसीको भनाइ सोल्टीले सन् १९६५ देखि विभिन्न कूटनीतिक क्षेत्रका महिला, पत्रकार, गैससका वरिष्ठ महिलालाई बोलाएर क्रिस्मसका बेला खानेकुरा बनाउन लगाउने गरेको अहिले एभरेष्टले पनि सोही कार्य सुरु गरेको उहाँले बताउनुभयो सन् १९३० मा जापानले यस्तो खालको कार्यक्रम गरेको उहाँको भनाई थियो हिन्दू परम्परामा दशैँ, तिहारजस्ता पर्वमा यसरी आफन्त, नातागोतामा भेटघाट गरिन्छ भने अब क्रिस्मसलाई गैह्रइसाई समुदायले पनि सहभागी भई रमाइलो गर्ने एकआपसमा सद्भाव बाँड्ने अवसरको रुपमा लिनुपर्नेमा उहाँले जोड दिनुभयो आगामी डिसेम्बर २५ अर्थात् पुस १० गतेका दिन विशेष गरी इसाई धर्मावलम्बीले क्रिस्मस पर्व मनाउने गर्छन् अहिले भने इसाई मात्र नभई अन्य धर्मावलम्बीले समेत क्रिस्मसलाई खुशीयाली बाँड्ने अवसरका रुपमा लिई यो पर्व मनाउने गर्दछन्

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?