चारवटा बुँदामा मात्र सहमति बाँकी रहेकोले संविधान माघ ८ मै जारी हुने नेपालको भनाई
नेकपा (एमाले) का नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माघ ८ गते संविधान जारी हुने दाबी गर्नुभएको छ । कोहिनुर मिडिया प्रालि रौतहटद्वारा आयोजित सात दिने रेडियो प्रशिक्षणको समापन कार्यक्रममा पूर्व प्रधानमन्त्री नेपालले संविधानका अधिकांश कार्य पूरा भइसकेको र चारवटा बुँदामा मात्र सहमति हुन बाँकी रहेकाले माघ ८ गते नै संविधान जारी हुने दोहो¥याउनु भयो । सहमतिका लागि एमाले तयार रहेको र लचकतामा आउन एमाओवादीलाई लक्षित गर्दै नेता नेपालले संविधान जारी गर्न सम्पूर्ण दलले एक वर्षभित्रमा संविधान जारी गर्ने प्रतिबद्धता निर्वाचित भएपछि गरेको कुरा स्मरण गराउनुभयो । संविधान निर्माण भएपश्चात् चैत महिनामा स्थानीय निकायको निर्वाचन गराई स्थानीय जनप्रतिनिधिलाई विकासको अभिभारा दिने उहाँको भनाइ रहेको थियो । समाजमा रहेका विकृति विसङ्गति, दाइजो प्रथालाई निर्मूल गर्न कोहिनुर मिडिया प्रालिबाट सञ्चालित कोहिनुर एफएमले अहम् भूमिका निर्वाह गर्ने विश्वास नेता नेपालले व्यक्त गर्नुभयो ।