अष्ट्रेलियन नागरिक पेरीको नेपाली कलाकृति प्रदर्शनीमा, २० वर्षअघिको नेपालको तुलना
अस्ट्रेलियाका नागरिक पेरी क्यापानीले २० वर्षअघिको र अहिलेको नेपालको तुलना गर्दै कलाकृतिको रुपमा बनाएको घरको आज प्रदर्शनीमा राखिएको छ । पाटनको मङ्गलबजारमा धातुबाट निर्माण गरिएको उक्त घर आज एक दिनका लागि प्रदर्शनीमा राखिएको हो । घर ठूलो थियो भने त्यस ठूलो घरमा अन्य सानासाना १० वटा जति घर रहेको थियो ।करिब एक वर्ष लगाएर बनाइएको घरमा २० वर्षअघिको नेपाल र अहिलेको नेपालको घरका बारेमा तुलना गरिएको छ । कलाकार क्यापानीले नेपालप्रति आफूले गरेको माया र बेलाबेलामा देखिएको नेपालको फरकफरक घरका बारेमा जानकारी राख्न उक्त घर बनाएर प्रदर्शनीमा राखेको बताउनुभयो । उहाँले बनाएका पुराना घर निकै कलात्मक देखिन्छन् भने नयाँ घर आधुनिकशैलीका छन् ।