सार्क सम्मेलनले भारत र पाकिस्तानको सम्बन्धमा सुधार ल्याउला त ?


india pakभारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालमा हुने दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कको १८ औं सम्मेलनका लागि यसैहप्ता काठमाडौं जादै हुनुहुन्छ । सो सङ्गठनमा आवद्ध दक्षिण एसियाली देशहरुको अर्काे एक प्रभावकारी छिमेकी राष्ट्र चीनको चासो एवम् प्रभाव बढिरहेका बेला सो सम्मेलन हुन गएको छ । बलियो क्षेत्रीय एकताका लागि प्रयास हुने सो सम्मेलनमा भारत र पाकिस्तानको सम्बन्धमा झिनो सुधारको अपेक्षा गरिएको विज्ञहरुको धारणा छ । तीन वर्षपछि हुन लागेको सार्कको यो सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने पहिलो पटक सहभागिता जनाउन लाग्नुभएको हो । यी दुई देशबीचको विवादास्पद क्षेत्र काश्मिरमा केही समयअघिसम्म जारी रहेको सीमा क्षेत्रको हिंसात्मक आक्रमण रोकिएको केहीसमय लगत्तै हुन लागेको यस सम्मेलनमा ती दुई देशका सरकार प्रमुखहरु भेट्दैछन् । त्यसैले यस सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफबीच भेटवार्ता नै भएपनि सम्बन्ध सुधारमा थोरैमात्र प्रगति हुनसक्ने अनुमान गरिएको छ । एकातिर यी दुई देशबीचमा विगतकै विवादस्पद मुद्दामा हिंसा बढेको र अर्कातर्फ यस क्षेत्रीय सङ्गठनकै एक सदस्य रहेको अफगानिस्तानबाट यसै वर्षको अन्त्यसम्ममा अमेरिकी नेतृत्वको नेटो सेना हट्न लागेकोले पनि यो सम्मेलनमा भारत पाकिस्तान सम्बन्धले ठूलो आर्थराख्ने विज्ञहरुको तर्क छ । पछिल्ला समयमा भारतीय प्रधानमन्त्री मोदीले दिनुभएका सार्वजनिक मन्तव्यहरुले पनि उहाँ सार्कप्रति निकै आसावादी हुनुहुन्छ र उहाँले सार्कको भविश्य राम्रो देख्नुभएको छ भन्न मिल्छ । तरपनि दक्षिण एसियाका यी दुई ठूला देश भारत र पाकिस्तानको सम्बन्धमा नै सार्कको भविश्य गासिएकोले सार्कको भविश्य पनि यसैमा देख्नुपर्नेहुन्छ ।
मोदी केही महिनामात्र अघि भारतमा प्रधानमन्त्री नियुक्त हुनुभएको हो । उहाँले आफु प्रधानमन्त्री भएदेखि नै दक्षिण एसियाका आफ्ना छिमेकीसँगको सम्बन्धलाई थप सुमधुर बनाउने नीति लिनुभएको छ । त्यसैले उहाँले आफुले प्रधानमन्त्रीको सपथ ग्रहण गर्ने क्रममा नै दक्षिण एसियाका सबै देशका सरकारप्रमुखलाई पाहुनाका रुपमा आमन्त्रण गर्नुभएको थियो । त्यसै समयदेखि नै उहाँले आफ्नो छिमेकी नीतिमा सुधारको सङ्केत दिनुभएको थियो । भारत र पाकिस्तानबीच सन् २००८ देखि नै अवरुद्ध रहीआएको द्विपक्षीय शान्तिवार्तालाई पुनः निरन्तरता दिन उहाँहरु सहमत भएको भएपनि त्यस वार्ताको सुरुवात भने हुन सकिरहेको छैन ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?