नेकपा माओवादीको विप्लब समूह पार्टीबाट अलग्गिएको घोषणा, वैद्यले नेतृत्व गर्न नसक्ने ठहर (विज्ञप्तिसहित)


biplab baktabyaनेकपा–माओवादीमा लामो विवादपछि अन्ततः सचिव नेत्रविक्रम चन्द पक्षले आफूहरू माओवादी पार्टीबाट अलग्गिएको घोषणा गरेको छ । सचिव चन्दले विज्ञप्ति जारी गर्दै पार्टीको लामो समयदेखि कायम रहेको गत्यावरोध तोड्न अन्तिम प्रयत्न गरेपनि त्यो सफल हुन नसकेको जनाउँदै पार्टीबाट अलग्गिने घोषणा गरेको उल्लेख छ ।  विज्ञप्तिमा भनिएको छ– “किरणको नेतृत्वमा पार्टी अगाडि बढ्न नसक्ने र वर्ग सङ्घर्षको नेतृत्व गर्न नसक्ने निष्कर्षसहित आजका मितिदेखि  किरणको नेतृत्वसँग सम्बन्धविच्छेद गरेको जानकारी गराउँछाँै । हाम्रो भावी रणनीतिका बारेमा छिट्टै व्यवस्थित छलफल गरेर सार्वजनिक गर्ने निर्णय पनि लिइएको छ ।” नेपाली क्रान्तिलाई कसरी अगाडि बढाउने र पार्टीलाई सर्वहारा वर्गको अग्रदस्ता कसरी बनाउने भन्ने विषयमा हाम्रो बहस चल्दै आएको र त्यसको समाधानका लागि असारमा राष्ट्रिय सम्मेलन डाकिएकामा पार्टी नेतृत्वले सम्मेलनलाई रोकेपछि अन्यौलता र अकर्मन्यता बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ । माओवादीको हिजोदेखि सुरु भएको केन्द्रीय समितिको विस्तारित बैठकमा  अध्यक्ष मोहन वैद्य र सचिव चन्दले आ–आफ्नो धारणा राखी आज बस्ने गरी स्थगित भएको थियो । तर आज विस्तारित बैठक नबसी अध्यक्ष वैद्य र सचिव चन्दबीच छलफल भएपछि सचिव चन्दले विज्ञप्ति जारी गर्दै पार्टीबाट अलग्गिएको घोषणा गर्नुभएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?