विपक्षी मोर्चा र कूटनीतिक नियोगका प्रमुख छलफल, समयमै संविधान जारी हुनुपर्नेमा जोड


???????????????????????????????????एकीकृत नेकपा(माओवादी) नेतृत्वको २२ दलीय मोर्चाले १२ बुँदेदेखि अहिलेसम्म भएका सम्झौताका आधारमा संविधान जारी हुनुपर्ने धारणा रहेको स्पष्ट पारेको छ । यहाँस्थित कूटनीतिक नियोगका प्रमुखहरूसँग छलफल गर्दै मोर्चाका संयोजक तथा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विगतमा भएका सम्झौता बहुमतीय प्रक्रियामा जाने आसय नभएको बताउनुभयो । देश सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले प्रगतिशील तथा लोकतान्त्रिक परिवर्तनका आशामा रहेका जनताको चाहनाअनुसार नयाँ संविधान जारी गर्नु र शान्ति प्रक्रियालाई पूर्णता प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान, संविधानसभाको निर्वाचन, गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र तथा समानुपातिक प्रतिनिधित्वजस्ता उपलब्धी सहमतिबाटै प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष दाहालले नयाँ संविधान पनि सहमतिबाटै जारी होस् भन्ने आफूहरूको जोड रहेको उल्लेख गर्नुभयो । बाइस दलीय मोर्चा निर्धारित समयमै सबै पक्षले अपनत्व गर्ने गरी संविधान जारी होस् भन्ने पक्षमा रहेको जानकारी गराउँदै उहाँले संविधानका सबै बुँदामा भन्दा पनि मुख्य विषयमा सहमति गर्नुपर्नेमा जोड दिनुभयो । सरकारमा रहेका मुख्य राजनीतिक दलले प्रविधिक बहुमतका आधारमा संविधान निर्माणका प्रक्रिया अगाडि बढाएर सङ्कट निम्त्याउन चाहेको उल्लेख अध्यक्ष दाहालले संवैधानिक रानीतिक संवाद तथा सहमति समितिलाई अनिर्णित बनाउँदा समग्र संविधान निर्माणका प्रक्रिया अवरुद्ध भएको बताउनुभयो । बहुमतको आधारमा आगडि बढ्दा कुनै कुनै निश्कर्षमा नपुगिने भएकाले राजनीतिक दलबीचमा छलफल गरेर निकर्षमा पुग्नुपर्ने धारणा राख्दै उहाँले सरकार सम्बद्ध पार्टीहरू अन्तरिम संविधानभन्दा पछाडि गएर सङ्घीयता तथा समावेशी समानुपातिक प्रतिनिधित्वको विरुद्धमा जाने कुरा अस्वीकार्य रहेको स्पष्ट पार्नुभयो । यसभन्दा अघिल्लो संविधानसभामा ठूलो सङ्ख्यामा रहेका पछाडि पारिएका सीमान्तकृत समुदायको मागलाई संविधानमा समावेश गराउने सन्दर्भमा संविधान जारी गर्न नसकिएको स्मरण गराउँदै अध्यक्ष दाहालले विगतमा भएका बाह्रबुँदे सहमति, शान्ति सम्झौता, मधेसी तथा जनजातिसँग भएका सम्झौताको विरुद्धमा आफूहरू जान नसक्ने धारणा राख्नुभयो । देश फेरि द्वन्द्वमा नजाओस् भन्नेमा २२ दलीय मोर्चा सदैव सजग रहेको उल्लेख गर्दै उहाँले आफूहरू समस्याको बाधक नभई समस्यालाई सहमतिबाटै समस्या समाधान गरेर सामाजिक न्यायसहितको आर्थिक विकास र समृद्धिको बाटोमा लाग्न चाहेकोे बताउनुभयो । अध्यक्ष दाहालले आसन्न सार्क सम्मेलनलाई सफल पार्नका लागि आफू र आफ्नो दलको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै सार्क सम्मेलनका प्रतिवद्धता आगामी दिनमा कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो । छलफलमा सहभागी कूटनीतिक नियोगका प्रतिनिधि तथा प्रमुखले चाडोभन्दा चाडो सङ्क्रमणकालको अन्त्य गरी समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन सुझाव दिनुभएको थियो । उहाँहरूले नेपाल शान्ति र लोकतन्त्रको पक्षमा अगाडि बढेको आफूहरूले देख्न चाहेको धारणा व्यक्त गर्नुभएको एमाओवादी उपाध्यक्ष नाराणकाजी श्रेष्ठ जानकारी दिनुभयो । छलफलमा भारत, चीन, युरोपेली सङ्घ, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य बेलायतलगायत मुलुकका राजदूतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?