राष्ट्रपति डा यादव र भारतीय प्रम मोदीबीच भेट, विभिन्न राजनीतिक दलका नेताहरुको पनि मोदीसँग भेट
राष्ट्रपति डा रामवरण यादवसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेटवार्ता भर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटवार्ता दुई देशबीचको सम्बन्ध, आपसी हित, साझा चासो र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)शिखर सम्मेलन विषयमा केन्द्रित थियो । सो अवसरमा भारतीय विदेशमन्त्री सुषमा स्वराज तथा राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो । भारतीय प्रधानमन्त्री मोदी बुधबारदेखि आयोजना हुने सार्कको १८ औँ शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ आउनुभएको हो । यसैगरी भारतीय प्रधानमन्त्री मोदीसँग नेकपा एमाले, नेपाली काँग्रेस, एनेकपा माओवादी र अन्य मधेशवादी दलहरुका नेताले पनि सोल्टी होटलमा छुट्टा छुट्टै भ्ेट ग्रेक्ँ छन््। केही नेताहरुसँग भोलि विहान भेट्ने कार्यक्रम तय गरिएको छ।