भारतीय प्रधानमन्त्री मोदीसँँग प्रमुख दलका शीर्ष नेतृत्वको भेट, आपसी हित र संविधान निर्माणको प्रगतिबारे छलफल


?????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पूर्वप्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल एकीकृत नेकपा माओवादीका नेता पुष्पकमल दाहालसहितको टोलीसँग भेटवार्ता भएको छ । भेटवार्तामा दुई देशबीचको सम्बन्ध, जारी संविधान निर्माण प्रक्रियालगायतमा छलफल भएको थियो । भेटमा शान्ति प्रक्रिया सम्पन्न भएपछि नेपाल आर्थिक क्रान्तितर्फ अग्रसर रहेकाले त्यसलाई सघाउन प्रधानमन्त्री मोदीसँग आफूहरूले आग्रह गरेको एमाओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टराईले जानकारी गराउनुभयो । भेटका क्रममा प्रधानमन्त्री मोदीले आफूहरूले उठाउँदै आए झैँ सहमतिका आधारमा संविधान जारी हुनुपर्नेमा जोड दिनुभएको महासचिव कृष्णबहादुर महराले बताउनुभयो । मोदीको भनाइबाट आफूहरूको मनोबल उच्च भएको र कुनै पनि हालतमा सहमतिभन्दा बाहिरबाट संविधान बन्नुहुँदैन भन्ने कुरालाई थप बल पु¥याएको नेता महराले बताउनुभयो । भेटमा अध्यक्ष पुष्पकमल दाहाल, नेता भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव महरा र नेता टोपबहादुर रायमाझी सहभागी हुनुहन्थ्यो ।
यसैगरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाली काँग्रेसका शीर्ष नेताहरूले भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री मोदी बस्नुभएको होटल सोल्टीमा आज साँझ भएको सो भेटवार्तामा नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, सहमहामन्त्री पूर्णबहादुर खड्का र कोषाध्यक्ष एवम् चित्रलेखा यादव सहभागी हुनुहुन्थ्यो । भेटपछि महामन्त्री सिटौलाले भारतीय प्रधानमन्त्री मोदीलाई नेपालको संविधान निर्माणमा हालसम्म भएको प्रगति, दलबीचको वार्ता र सहमतिका लागि भइरहेका प्रयासलगायत समसामयिक विषयमा जानकारी गराइएको बताउनुभयो । सो अवसरमा प्रधानमन्त्री मोदीले सबै राजनीतिक दलको सहमतिमा तोकिएकै समयसीमाभित्र लोकतान्त्रिक संविधान जारी गर्ने कार्यमा सफलता मिलोस् भनी शुभकामना दिनुभएको जनाइएको छ ।
मिलेर काम गर्ने प्रतिबद्धता
त्यस्तै भारतीय प्रधानमन्त्री मोदीसँग नेकपा (एमाले)का अध्यक्षसहित शीर्ष नेताहरूले होटल सोल्टीमा गरेको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी चासो र समसामयिक विषयमा केन्द्रित रहेर कुराकानी भयो । भेटवार्तामा एमाले टोलीले संविधानसभाको निर्वाचनका समयमा जनतासँग प्रतिबद्धता गरिएअनुसार बाँकी समयभित्र सबै राजनीतिक दललाई मिलाएर संविधान लेखनको जिम्मेवारी पूरा गरिनेमा प्रधानमन्त्री मोदीलाई आश्वस्त तुल्याएको पार्टी उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क)को अठारौँ सम्मेलनमार्फत पनि दक्षिण एसियाली क्षेत्रमा विकास र समृद्धि ल्याउन तथा सोका लागि मिलेर काम गर्न दुवै पक्षबीच विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले संविधानसभाले तय गरेको कार्यसूचीभित्रै रहेर सबैलाई मिलाएर संविधान लेखनको जिम्मेवारी पूरा गर्न एमाले टोलीलाई सुझाव दिनुभयो । भेटवार्तामा अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्षत्रय गौतम, विद्यादेवी भण्डारी र भीमबहादुर रावल, उपमहासचिव विष्णुप्रसाद पौडेल र सचिव प्रदीप ज्ञवाली सहभागी हुनुहुन्थ्यो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?