बेलायती राजदूतावासको सवारी साधनमा आक्रमण दुईको मृत्यु


afghanअफगानिस्तानको राजधानी काबुलमा बेलयाती राजदूतावासको एक सवारी साधनमा भएको आत्मघाती आक्रमणमा दुई अफगानी नागरिकको मृत्यु भएको  छ । यस आक्रमणबाट केही यात्रुहरु घाइते समेत भएको बताइएको छ । ‘हाम्रो प्रारम्भिक समाचार अनुसार कम्तीमा दुई सर्वसाधारणको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका छन्’ काबुल प्रहरी प्रवक्ता हसमात स्तानाक्जाईले एएफपी समाचार समितिलाई बताउनु  भएको छ । यस समाचारको वितृस्त विवरण भने प्राप्त नभएको पनि उहाँले बताउनु भएको छ । गत आइतबार पनि पूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तमा भलिबल खेलको प्रतियोगिता भईरहेको  एक स्थानमा भएको आत्मघाती आक्रमणमा ५७  व्यक्तिको मृत्यु भएको थियो । यो  आक्रमण सन् २०११ पछिकै ठूलो आक्रमण रुपमा रहेको जनाइएको छ । अफगानिस्तानमा राष्ट्रपति असरफ घानीले पदभार सम्हाल्नु भएयता नै आत्मघाती आक्रमणमा ठूलो सङ्ख्यामा व्यक्तिको हताहत भएको यो पहिलो पटक  हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?