नवजात शिशुलाई ढलमा फाल्ने आमा सिड्नी प्रहरीको नियन्त्रणमा
आफ्नो नवजात बच्चालाई ढलमा फालेपछि प्रहरीले पक्राउ गरिएकी आमालाई अझै दुई साता जेलमा राखिने भएको छ । उनले गरेको यो अमानवीय कार्यको सर्वत्र विरोध भइरहेको छ । तीस वर्षकी ति आमाका वहिलले अहिलेसम्म पनि धरौटीमा रिहाईका लागि निवेदन दिएका छैनन् । मुद्दालाई अदालतमा पेश गरिएको छ । तर, ति महिलाको नाम खुलाइएको छैन र उनलाई अदलतमा पनि लगिएको छैन । गएको सप्ताहन्तमा केही साईकल यात्रीहरुले क्वेकर्स हिलको ढलमा बच्चाको आवाज सुनेपछि निकाल्दा जीवितै फेला परेको थियो । बालक ५ दिनसम्म केही नखाई कन पनि जीवित रहेको बताइएको छ । अहिले बालबकको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएको छ