विख्यात पत्रिका फोब्र्सको भ्रमण गर्नेपर्ने दश मुलुकको सूचीमा नेपाल पनि


nepal beautyविश्वविख्यात अमेरिकी पत्रिका फोब्र्सले सन् २०१५ मा भ्रमण गर्नैपर्ने १० मुलुकको सूचीमा नेपाललाई पनि समावेश गरेको छ । उक्त पत्रिकाको पछिल्लो संस्करणमा एन आबेलले प्रकाशन गरेको ‘द टेन कुलेस्ट प्लेसेस् टु भिजिट इन २०१५’ शीर्षकको आलेखमा नेपाललाई नवांै स्थानमा समावेश गरिएको छ । नेपाल पदयात्रीहरुको स्वर्ग भन्दै आलेखमा नेपाल क्रमशः आरामदायी गन्तव्य मुलुकका रुपमा विकसित हुँदै गएको प्रष्ट गरिएको छ । ‘‘चकित पार्ने नेपालको सौन्दर्य र विविध कलात्मक परम्परा, उच्च हिमशृङ्खला, पहाडी उपत्यका, मठ मन्दिर र गुम्बाले नेपाललाई भ्रमण गर्नै पर्ने मुलुक बनाएको छ” आलेखमा भनिएको छ । फुर्सदका बेला फेवातालमा डुङ्गा खियाउँदै त्यसमा देखिने मनोरम हिमच्छादित टाकुराले नेपालको प्राकृतिक सौन्दर्यमा निखार थपेको आलेखमा लेखिएको छ । आलेखअनुसार भ्रमण गर्नैपर्ने प्रमुख १० मुलुकको सूचीको पहिलो स्थानमा आइसल्याण्ड, दोस्रोमा मोरक्को, तेस्रोमा भियतनाम, चौथोमा अमेरिका, पााचौँमा तस्मानिया, छैटौँमा कोलम्बिया, सातौँमा जापान, आठौँमा अर्जेन्टिना र दशाँैमा श्रीलङ्का छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?