भारतीय दिदीबहिनीले बसमा छेडछाड गर्नेलाई कुट्दा प्रशंसा बटुले


braveएक गुडिरहेको बसमा आफूमाथि छेडछाड गर्ने पुरुषलाई कुटपिट गर्ने दुई दिदीबहिनीको कार्यको भिडियो सार्वजनिक भएपछि उनीहरूले सोमबार पैसा र प्रशंसा प्राप्त गरेका छन् । बाइस तथा १९ वर्षीया आरती तथा पूजा कुमारी नाम भएकी यी दिदीबहिनीलाई गत साता उनीहरू भीडयुक्त बसमा हरयाणा राज्यको आफ्नो घर रोहतक फर्किरहेको समयमा यी पुरुषहरूले छेडछाड गरेका थिए । यी दिदीबहिनीले ती पुरुषको विरोध गरेका थिए भने उनीहरूबीच हात हालाहाल भएको थियो । यसपछि उनीहरूले पनि आफ्नो पेटी तथा हातको प्रयोग गरेका थिए । यसो गर्दा अन्य यात्रु भने दर्शक मात्र भएका थिए । एक गर्भवती यात्रुले उक्त घटनाको चित्र आफ्नो मोबाइल फोनमा खिचेकी थिइन र उनले सामाजिक सञ्जालमा त्यसलाई राखिदिएपछि भारतको अनेकौँ २४ घण्टे टेलिभिजनले त्यसलाई अनेकौँपटक देखाए । आइतबार प्रहरीले ती पुरुषहरूलाई पक्राउ गरेको बताइएको छ । धेरैले यी दिदीबहिनीको बहादुरीको प्रशंसा त गरे उनीहरूले दर्शक भएर बस्ने यात्रुको आलोचना पनि गरे । उक्त घटना हुँदा केही यात्रु भने हाँसिरहेको उक्त भिडियो चित्र देखाइएको छ । ट्विटहरूमा यी बहादुर दिदीबहिनीको प्रशंसा गरिएको छ भने ती हाँसिरहेको दर्शकको आलोचना गरिएको छ । भारतमा सन् २०१२ मा एक गुडिरहेको बसमा सामूहिक बलात्कारमा परि ज्यान गुमाएकी २३ वर्षीया छात्रालाई ‘ब्रेभहार्ट’ को नाम दिइएको छ । केहीले यस घटनाले अरुलाई पनि यस्ता घटनामा आफूलाई विरोधमा उभ्याउन अभिप्रेरित गर्ने बताएका छन् । भारतमा महिलाले दैनिक रूपमा यस्ता दुव्र्यवहार भोग्नु पर्ने देखिएको छ । रोहतकका प्रहरी प्रवक्ता वेद सिंह नैनले शुक्रबार भएको यस घटनाका विषयमा छिटो अनुसन्धान गरिने बताउनुभयो । यी महिलाले ती पूरुषले आफूलाई दुव्र्यवहार गरेको तर आफूहरूले सहन नसकेको बताए । हरियाणाका मुख्यमन्त्री एम.एल. खट्टरले यी महिला प्रत्येकलाई ३१ हजार भारतीय रूपैयाँ पुरस्कार दिने घोषणा गर्नुभएको छ । उहाँले यसले अरुलाई यस विषयमा संवेदनशील बनाउने बताउनुभयो । उहाँले पत्रकारहरूलाई यी बालिकाहरूले गरेको काम प्रशंसायोग्य भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?