सफल एचआईभी शिक्षा सदनलाई निर्णय र आस्थाले हस्तान्तरण गरे एक लाख रुपैयाँ
भर्खरै अष्ट्रेलियाका विभिन्न शहरमा नेपहप नाईट सम्पन्न गरी काठमाडौं फर्किएका निर्णय श्रेष्ठले यस यात्राका क्रममा उठेको एक लाख रुपैयाँ कीर्तिपुरको भत्केपाटीमा रहेको सफलता शिक्षा सदनलाई हस्तान्तरण गरेका छन् । विश्व एड्स दिवसको क्रममा गत डिसेम्बर एक तारिखमा उनले एक कार्यक्रमकाबीच उक्त रकम हस्तान्तरण गरेका हुन् । यस भ्रमणका दौरान निर्णयलाई साथ दिएकी गायिका आस्था भण्डारी पनि उक्त अवसरमा उपस्थित थिइन् । नेपहप नाईट अष्ट्रेलियाको र च्यारिटी डिनरको आयोजना एएलपी ईन्टरटेन्मेन्ट, हो र होइन होला ईभेन्टस्, ब्रदरहुड नेपाल, एस ह्युम्यानिटी लगायतले गरेका थिए । र्यापर निर्णय डा एनएसकेले नेपाली विद्यार्थीहरुको निम्ति शिक्षा सम्बन्धी अर्को सेवामूलक योजना पनि ल्याएका छन् । जस अन्तर्गत एक नेपाली एक रुपैयाँ अभियान सञ्चालित छ । जसमा तीन करोड जम्मा गरी गरिब बालबालिकाहरुलाई पेन्सिल, कापी, ईरेजर लगायतका शैक्षिक सामग्री वितरण गरिनेछ । सफल एचआईभी शिक्षा सदनमा एचआईभी लागेका बाबुआमाका सन्तानहरुले शिक्षा हासिल गरिरहेका छन् । Photo : Nirnaya da’NSK FB