माधव नेपाल र पुष्पकमल दाहालबीच भेट, संविधान बनाउनेबारे छलफल


nepal_dahalपछिल्लो राजनीतिक अवस्था र संविधान निर्माणमा सहमति जुटाउने विषयमा एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले)का नेता माधवकुमार नेपालबीच आज नयाँ वानेश्वरको एक होटलमा भेटवार्ता भएको छ ।  नेता नेपालका सहयोगी मोहन गौतमका अनुसार उहाँहरूबीच नयाँ संविधान निर्माणमा कसरी सहमति जुटाउने भन्नेबारेमा छलफल भएको थियो । यसैबीच, नेता नेपालसँग आजै उहाँको निवास कोटेश्वरमा नेपालका लागि अमेरिकी राजदुत पिटर डब्लु बोडेले समसामयिक राजनीति सम्बन्धमा शिष्टाचार भेट गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?