न्यू साउथवेल्समा आज साँझ फेरि हुरी आउने सम्भावना, सचेत र सुरक्षित रहन आग्रह
न्यू साउथ वेल्समा आज साँझपख हुरी आउने सम्भावना रहेको भन्दै मौसम विभागले सचेत रहन आग्रह गरेको छ । पूर्वी तटीय क्षेत्रमा मुख्यतः अत्यधिक वर्षा हुनुका साथै हुरी चल्ने बताइएको छ । यसैकारण सचेत रहन र सुरक्षित रहने पनि प्रहरीले आग्रह गरेको छ । अर्कोतर्फ, केही तल्लो तटीय क्षेत्रहरुबाट सर्वसाधारणलाई अन्यत्र सार्नुपर्ने अवस्थासमेत आउनसक्ने भन्दै उद्धारकर्मीहरुलाई सचेत अवस्थामा राखिएको छ । हाई एलर्टमा रहन सुरक्षाकर्मी, उद्धारकर्मी र स्थानीयलाई आग्रह गरिएको छ ।