सहमतिका आधारमा संविधान जारी गर्न दलहरु सहमत, विवादित विषयमा भने अडान कायमै
नेपाली काँग्रेस, नेकपा (एमाले), एनेकपा (माओवादी) र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच संविधान लेखनका सम्बन्धमा छलफल भएको छ । संविधानका विवादित विषयमा सहमति जुटाई माघ ८ गतेभित्र नै संविधान जारी गर्ने विषयमा केन्द्रित छलफल सकारात्मक भएको बैठकपछि मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले बताउनुभयो । उहाँका अनुसार बैठकमा माघ ८ गतेभित्र सहमतिका आधारमा संविधान जारी गर्ने कुरामा प्रमुख दलहरू सहमत भएका छन् । उहाँले संविधानका विवादित विषयमा दलहरूबीच केही दिनमा सहमति हुने विश्वास व्यक्त गर्नुभयो । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नरहरि आचार्यले संविधान लेखनका सम्बन्धमा केही दिनयता स्थगित वार्ता सघनरूपमा सुरु भएको बताउँदै संविधानका विवादित विषयमा सहमति कायम गर्न जारी प्रक्रियालाई दुई÷तीन दिनसम्म निरन्तरता दिइने जानकारी गराउनुभयो ।