संविधान निर्माण नभए राजनीति अर्को दिशातर्फ मोडिने खतरा रहेको एमाओवादी महासचिव महराको भनाई
एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महराले तोकिएको समयमा संविधान निर्माण गर्न नसकिए नेपालको राजनीति अर्को दिशातर्फ मोडिन सक्ने बताउनुभएको छ । पूर्वी रोल्पाको सिउरी गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्दै उहाँले संविधान निर्माण नभए नेपालको विकास, उन्नति, प्रगतिमा गम्भीर असर पुग्ने बताउनुभयो । सहमतिमै संविधान ल्याउनुपर्नेमा जोडदिँदै उहाँले संविधान निर्माणका लागि जनताले पनि दललाई सल्लाह सुझाव दिनुपर्ने महराको भनाइ थियो । अर्को प्रसङ्गमा महासचिव महराले निर्वाचन क्षेत्र विकासका लागि आउने विकास बजेटबाट रोल्पाको विकास गर्न आफूले कञ्जुस्याँइ नगर्ने बताउँदै विवाद नगरी साझा धारणा ल्याउन जिल्लामा क्रियाशील सबै दललाई आग्रह गर्नुभयो ।