उच्चस्तरीय कार्यदल बनाउन चार प्रमुख राजनीतिक शक्ति सहमत, आजको बैठकले कार्यदलको टुंगो लगाउने


?????????????????????????????????????????????????????????संविधानका विवादित विषयमा सहमति जुटाउन लामो समयदेखि वार्ता र संवादमा रहेका शीर्ष दलहरूबीच ती मुद्दालाई मूर्तरूप दिन उच्चस्तरीय कार्यदल गठन गर्ने समझदारी भएको छ । बालुवाटारमा शुक्रबार बसेको चार दलको बैठकले संविधान लेखनका समग्र विवादित विषयमा टुङ्गो लगाउन भोलि बृहत बैठक बसी कार्यदल गठन गर्ने समझदारी भएको हो । बैठकमा संविधान लेखनमा देखिएका सम्पूर्ण विवादित विषयमा छलफल गरी निष्कर्षमा पु¥याउन आज बृहत बैठक बसेर कार्यदल निर्माण गर्ने विषयमा सहमति भएको एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताउनुभयो । करिब आधा घण्टा बसेको बैठकमा नेपाली काँग्रेसका तर्फबाट उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला र कानुन मन्त्री नरहरि आचार्य, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार रहनुभएको थियो । खासगरी सङ्घीयता र निर्वाचन प्रणालीका विषयमा सहमति जुटाउने प्रयासमा जुटिरहेका दलका नेताहरू उच्चस्तरीय कार्यदल बनाएर निष्कर्ष निकाल्ने कसरतमा लागेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?