संसद सेवा दिवसमा कर्मचारी पुरस्कृत, संसद सेवालाई सम्मानित र स्वायत्त बनाउन पहल हुने


??????????????????????????????????सभामुख सुवास नेम्वाङले संसद् सेवालाई सम्मानित र स्वायत्त बनाउन आफनो सक्दो सहयोग र समर्थन रहने बताउनुभएको छ । व्यवस्थापिका–संसद् सेवा दिवसको अवसरमा संसद् सचिवालय सिहंदरवारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले संसद् सेवालाई जवाफदेही र जिम्मेवारी बनाउन धेरै प्रयत्न भइरहेको जानकारी दिनुभयो । संविधानसभाबाट सहमति र उपयुक्त वातावरणका आधारमा संविधान जारी गर्न राजनीतिक दल वार्ता, संवाद र छलफलमा जुटिरहेको बताउँदै उहाँले संविधान लेखनलाई अन्तिम निष्कर्षमा पु¥याउने हाम्रोसमेत जिम्मेवारी छ भन्नुभयो । व्यवस्थापिका–संसद् सचिवालयका महासचिव मनोहर भट्टराईले संसद् र संविधानसभाको दोहोरो जिम्मेवारी र प्रकृतिलाई हेरेर संसद् सेवामा रहेका कर्मचारीलाई प्रदान गरिएको सेवा सुविधालाई निरन्तरता दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । संसद् सेवा कर्मचारी यूनियनका अध्यक्ष नेत्रप्रसाद भट्टराईले स्वायत्त, आकर्षक र विशिष्ट सेवा बनाउने सोचका साथ गठन भएको संसद्सेवाको प्रभावकारिताका बारेमा समीक्षा र चिन्तन गर्नुपर्ने आवश्यकता देखिएको टिप्पणी गर्नुभयो । समारोहमा रु एक लाख राशिको सर्वाेत्कृष्ट संसद् सेवा पुरस्कार शाखा अधिकृत रेखा उपाध्याय (खनाल)लाई प्रदान गरिएको थियो । त्यसैगरी यसवर्षको रु ७५ हजार राशिको उत्कृष्ट संसद् सेवा पुरस्कार ओभरसियर केशवराज भट्टराई तथा रु ५० हजार राशिको संसद् सेवा पुरस्कार सवारी चालकद्वय सानुकाजी महर्जन र राजेन्द्र महर्जनलाई प्रदान गरियो । समारोहमा सभामुख नेम्वाङले सचिवालयद्वारा प्रकाशित वार्षिक स्मारिका विमोचन गर्नुभएको थियो । संसद् सेवालाई आकर्षक र विशिष्ठ तुल्याउने उद्देश्यका साथ २०५८ साल मङ्सिर २८ गते संसद् सेवा गठन भएको थियो । हाल यो सेवामा २९८ कर्मचारी कार्यरत छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?