मापसे गरी सवारी चलाउने चालकलाई चाहीँ के गर्ने नि ? प्रधानमन्त्रीको प्रश्न स्वयं यातायात मजदूरका प्रतिनिधिलाई


?????????????????????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालाले यातायात मजदुरलाई असर पर्ने गरी सरकारले सवारी नियमावली लागू नगर्ने बताउनुभएको छ । नेपाल यातायात मजदुर सङ्गठनले सरकारले हालै मात्र सार्वजनिक सवारीसाधनसम्बन्धी नियमावली कार्यान्वयन नगर्न माग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका यातायात मजदुरसँग उहाँले समग्र यातायात व्यवसायीलाई नै मर्का पर्ने गरी नियमावली लागू नगर्ने बताउनुभयो ।  प्रधानमन्त्री कोइरालाले भन्नुभयो, “यातायात श्रमिकलाई आघात पर्नेगरी नियमावली कार्यान्वयन हुँदैन, सवारी दुर्घटनामा चालकको लापरबाही बढी पाइएकाले यो नियमावली ल्याइएको हो ।” मादक पदार्थ सेवन गरी चालकले सवारी चलाएका कारण दैनिक सडक दुर्घटना बढ्दै गएको भन्दै उहाँले सवारीसाधन चालकले बढी सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । मजदूरलाई मर्का नपर्नेगरी निमायवली ल्याइने बताए पनि प्रधानमन्त्रीले मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरुलाई कस्तो कारवाही गर्ने हो स्वयं मजदूर नेताहरुले नै बताउनुपर्ने भननुभएको थियो । यसको जवाफमा नेताहरुले दोषीलाई कारवाही गर्नुपर्ने तर अनावश्यक रुपमा नियम ल्याएर काम गरिरहेकालाई विस्थापित गर्न नमिल्ने बताएका थिए । सरकारले केही दिन अगाडि सार्वजनिक सवारीसाधनका चालकको लाइसेन्स लिन दश कक्षा पास गर्नुपर्ने, २५ वर्ष उमेर पुगेको हुनुपर्नेलगायत कुरा समेटिएको नियमावली ल्याएकोप्रति यातायात मजदुरले त्यसको विरोध गर्दै आएका छन् । सङ्गठनका महासचिव भीमज्वाला राईले चालकले सवारी चलाउँदा ध्यान दिने र लापर्बाही गरी चालकले सवारी चलाएको पत्ता लागेमा अनुसन्धान गरेर मात्र कारबाही गर्नुपर्ने बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?