अमेरिकी ड्रोनले पनि थाल्यो आक्रमण, पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा संदिग्ध हतियारधारी ८ जनाको मृत्यु
पाकिस्तान र अफगानिस्ताको सीमा क्षेत्रमा बुधबार भएको अमेरिकी चालकरहित विमान (ड्रोन) आक्रमणमा कम्तीमा आठ व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएका छन् । स्थानीय टेलिभिजन च्यानल दुनियाका अनुसार अफगानिस्तान इलाकाको सीमाक्षेत्रमा आतङ्ककारी लुकेर बसेको स्थानलाई लक्ष्यगरी सो आक्रमण गरिएको छ । त्यहाँ थुप्रै सङ्ख्याका आतङ्ककारी लुकेर बसेका जनाइएको छ । प्रारम्भिक समाचारअनुसार आतङ्ककारी लुकेर बसेको सो इलाका पाकिस्तानको सीमा क्षेत्रमा भएको बताइएको थियो । आतङ्ककारी लुकेर बसेको इलाकालाई लक्ष्यगरी गरिएको दुई वटा क्षेप्यास्त्र आक्रमणमा आठ व्यक्ति मारिएका हुन् । मारिएका व्यक्ति आतङ्ककारी नै हुन् वा सर्वसाधारण हुन् भन्ने बारेमा भने केही बताइएको छैन । तर सैनिकले भने मारिने व्यक्ति आतङ्ककारी नै रहेको दाबी गरेको छ । तर पनि यस आक्रमणमा मारिएकाको हालसम्म परिचय भने नखुलेको बताइएको छ । तर अफगान तालिवानीलाई लक्ष्यगरी गरिएको केही ड्रोन आक्रमणहरुपछि पाकिस्तानको उत्तरी वाजिस्तानको खैवर पाख्तुन्ुख्वामा लुकेको बताइएको छ ।