बलात्कृतलाई न्याय दिलाउन पद्मकन्या क्याम्पसका विद्यार्थीबाट चक्काजाम


padmaनेपाल विद्यार्थी सङ्घ पद्ममकन्या क्याम्पस एकाइले पूजा बोहरालगायत बलात्कृत महिलाको न्यायका लागि दबाब दिन बागबजार सडकमा चक्काजाम गरेर नाराबाजी गरेको छ । सो क्याम्पसका विद्यार्थीले आज बिहान ९ बजेदेखि ९ः३० बजेसम्म सडकजाम गरेर ‘महिला हिंसा अन्त्य गर’ ‘बलात्कृत घटनाका दोषीलाई कडा कारबाही गर’ लगायतका नारा लगाउँदै बैतडीकी बलात्कृत महिला पूजा बोहरालाई उचित न्याय दिनुपर्ने माग गरेका छन् । कार्यक्रममा एकाइ अध्यक्ष साधना घिमिरेले पद्ममकन्या क्याम्पस सदैव महिला हिंसाका विरुद्ध लडिरहेको बताउदै मुलुकमा बढ्दै गएका बलात्कारका घटना नियन्त्रणका लागि अब सबै महिला एकजुट हुनुपर्ने आवश्यकता औल्याउनु भयो । फितलो न्याय व्यवस्थाका कारण मुलुकभर महिलामाथि हुने हिंसा र बलात्कारका घटना बढ्दै गएको भन्दै उहाँले त्यस्ता घटनाका दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?