काठमाडौंमा आदिवासी जनजातिको मार्चपास, जातीय पहिचानसहितको संघीयता माग


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले आज माइतीघरदेखि नयाँबानेश्वरसम्म मार्चपास प्रदर्शन गरेको छ । राष्ट्रियता र राष्ट्रिय स्वाधीनता रक्षा, एकल जातीय पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान निर्माण, समानुपातिक निर्वाचन प्रणालीको सुनिश्चितता तथा लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षतालाई संस्थागत गर्न मार्चपासको आयोजना गरिएको आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका संयोजक पद्मरत्न तुलाधरले बताउनुभयो । उहाँले प्राकृतिक स्रोत र साधनमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर्न, राज्यका सबै अङ्ग र तहमा आदिवासी जनजातिलगायत उपेक्षित, उत्पीडित, वर्ग, लिङ्ग, क्षेत्र र समुदायको जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चितका लागि सम्झौताबिहीन आन्दोलनको सुरुवात गरिएको पनि बताउनुभयो । मार्चपासमा विभिन्न जनजातिका नेता, सङ्घसंस्थाका प्रतिनिधि, सर्वसाधारणले आ–आफ्नो समुदायका झन्डा बोकी धर्म निरपेक्षता कार्यान्वयन गर, सम्पूर्ण पहिचानवादी एक हौँ भन्दै नारा लगाएका थिए । माइतीघरबाट सुरु भएको मार्चपास नयाँबानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?