इबोलाको नियन्त्रणमा सघाउने राष्ट्रसंघीय महासचिवको प्रतिबद्धता
संयुक्त राष्ट्रसंघीय महासचिव बान कि मुनले सियरालियोनलाई इबोला भाइरसको नियन्त्रणका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले इबोला भाइरसको संक्रमणका विरुद्धमा सियरालियोनले कडा संघर्ष गर्नु परिरहेको भन्दै सो भाइरसको नियन्त्रणका लागि संयुक्त राष्ट्रसंघले सहायता उपलब्ध गराउने बताउनुभएको हो । उक्त संक्रमणको बारेमा जानकारी लिन सुरु गर्नुभएको भ्रमणका क्रममा उहाँ शनिबार सियरालियोन पुग्नुभएको छ । उहाँले उक्त संक्रमणको नियन्त्रणका लागि सघाउने भन्दै सो धारणा राख्नुभएको हो । सियरालियोन इबोलाको धेरै प्रभावित क्षेत्र हो । सो संक्रमणबाट त्यहाँ सयौं नागरिकको ज्यान गइसकेको छ ।