पेट्रोलियम पदार्थको मूल्य तोक्ने काम नै अवैज्ञानिक, भारतमा ९८ नेरुमा बिक्री नेपालमा किन १ सय १६ ?
नेपालको नियम कानून दैवले जानुन भन्ने उखानजस्तै छ यतिबेला पेट्रोलियम पदार्थको मूल्यबृद्धि । यतिबेला विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ । यसले विगत ५ वर्षभन्दा अघिको दरमा आपूmलाई पुर्याएको छ । तर, नेपालमा भने दृश्य पूरै फरक छ । भारतमा ६१ रुपैयाँ ३३ पैसा भारुमा सबै भ्याट र करसहित बिक्री भएको तेल नेपालमा करबाहेक आउँदा नेपाली रुपैयाँ ६१ प्रतिलिटरमा आउँछ । तर, त्यसमा भ्याट लगायतका करहरु थपेर यो १ सय १६ रुपैयाँ प्रतिलिटरमा बिक्री भइरहेको छ । के यस्तो सम्भव छ ? यो वैज्ञानिक हो ? पक्कै पनि होइन सबैले बुझेकै कुरा हो । तर, किन यस्तो गरिरहेको छ सरकार ? के स्वचालित मूल्य निर्धारण भनेको यस्तै हुन्छ ? पक्कै पनि होइन । यतिबेला आयल निगमको विगतको घाटा सर्वसाधारणबाट भराउने प्रयास गर्दैछन् निगमका कर्मचारी र सरकार पनि यसैमा साथ दिइरहेको छ । मुख्यतः पेट्रोलियम पदार्थकै मूल्यमा बजार मूल्य पनि केन्द्रित भएको हुन्छ । पेट्रोलियम पदार्थको भाउ बढ्दा पटक पटक बजार भाउ बढाइएको छ । र, भाउ घट्दा कहिल्यै घटेको छैन । यस्तो अवस्थामा सरकारले बुद्धिमत्तापूर्वक पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने र बजार भाउ नियन्त्रणको निम्ति कदम चाल्न आवश्यक देखिन्छ । यसैबीच, एकीकृत नेकपा(माओवादी) निकटको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले तत्काल सार्वजनिक यातायातको भाडा घटाउन माग गरेको छ । क्रान्तिकारीले आज एक प्रेस विज्ञप्ति प्रकाशन गरी पेट्रोलियम पदार्थको मूल्य पटक–पटक समायोजन भएको भए पनि सार्वजनिक सवारीसाधनको भाडा नघटेकामा आपत्ति प्रकट गरेको छ । सार्वजनिक सवारीसाधनको भाडा नघट्दा उपभोग्य वस्तुको मूल्यसमेत नघटेकाले नागरिकले बढी मूल्य तिर्नुपरेको विज्ञप्तिमा उल्लेख छ । क्रान्तिकारीका सचिव रुद्र विष्टले जारी गर्नुभएको विज्ञप्तिमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेअनुसार नै सार्वजनिक सवारीसाधनको भाडा घटाउन र सहजरुपमा पेट्रोलियम पदार्थ पाउने व्यवस्था गर्न्रासमेत सरकारसँग माग गरिएको छ ।