प्रधानमन्त्री टोनी एबोटबाट मन्त्रिपरिषद्मा हेरफेर, केही सरुवा, केही नयाँ, केही बिदा, मंगलबार सपथग्रहण


cabinetप्रधानमन्त्री टोनी एबोटले मन्त्रिपरिषद्को पुनर्गठन गर्नुभएको छ । जस अनुसार स्कट मोरिसन सामाजिक सेवा मन्त्रीमा बढुवा हुनुभएको छ, आगामी वर्ष दायित्व, परिवार, बालबालिका हेरचाह लगायतका सामाजिक सुधारका कामहरु गर्ने योजनामा रहनुभएका प्रधानमन्त्रीले मोरिसनलाई अघि सार्नुभएको छ । ईमिग्रेशनबाट यसमा उनको बढुवा नै हो भन्नुपर्छ । रक्षामन्त्रीबाट डेभिड जोन्स्टनलाई बिदा दिइएको छ भने उनको ठाउँमा प्रधानमन्त्रीले केभिन एन्ड्रयूजलाई नियुक्त गर्नुभएको छ । पिटर डुट्टन ईमिग्रेशन मन्त्री बनेका छन् भने उनले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय सुसन लेको हातमा परेको छ । जोश फ्रेडनबर्गलाई बढुवा गरी सहायक कोषको जिम्मा दिइएको छ । यी परिवर्तनले अष्ट्रेलियामा काम, परिवारलाई सरकारले २०१५ मा केन्द्रविन्दूमा राख्ने पनि प्रधानमन्त्रीको भनाई छ । यस परिवर्तनपछि मन्त्रिपरिषद्को मुख्य भूमिकामा महिलाको संख्ष बढाउन सकिएकोमा मलाई खुशी लागेको छ, प्रधानमन्त्री एबोटको भनाई थियो । यसैबीच, विपक्षी लोबर पार्टीले यस कदमलाई वर्षको भयानक अन्त्यको संज्ञा दिएको छ । कार्यवाहक विपक्षी नेता पेन्नी वोंगले यस परिवर्तनले प्रधानमन्त्री एबोटको टिमलाई उदांगो पारेको बताए । उनले भनेका छन्, यदि सबैले राम्रो काम गरेका थिए भने परिवर्तन किन आवश्यक थियो त ? नयाँ मन्त्रीपरिषद्का सदस्यहरुले मंगलबार सपथग्रहण गर्ने कार्यक्रम तय भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?