एमाओवादी नेतृत्वको गठबन्धनद्वारा वार्ता जारी राख्दै सङ्घर्ष गर्ने निर्णय, नेपाल बन्दसम्मको कार्यक्रम


19 Parties Meetingएकीकृत नेकपा(माओवादी) नेतृत्वको सङ्घीय लोकतान्त्रिक गठबन्धनले वार्ता र सम्वादलाई जारी राख्दै सङ्घर्षका कार्यक्रमहरू सार्वजनिक गरेको छ । एमाओवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संविधानसभामा प्रतिनिधित्व गर्ने १९ दल र संविधानसभा बाहिर रहेका ११ साना दलको संयुक्त बैठकले सरकारमा रहेका दल सहमतिको आधारमा संविधान जारी गर्न तयार नभएको आरोप लगाउँदै शान्तिपूर्ण सङ्घर्षका कार्यक्रमहरू निर्णय गरेको समाजवादी जनता पार्टीका अध्यक्ष एवम् सभासद् प्रेमबहादुर सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले विगतको सहमति र सम्झौताअनुसार संविधान जारी गर्नका लागि नेपाली काँग्रेस र नेकपा(एमाले)सँग वार्ता र सम्वादको प्रक्रियालाई जारी राख्ने तथा अन्य दलहरूलाई समेत गठबन्धनमा समावेश गराउने निर्णयसमेत गरेको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?