सहमतिको बाटो खोज्न प्रमुख दलबीच कार्यदल बनाउने सहमति, दुई दिनमै प्रतिवेदन दिने


????????????????????????????????????????????????संविधान निर्माणमा देखिएको विवादित विषयमा सहमति जुटाउन प्रमुख दलले  कार्यदल गठन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रमुख तीन राजनीतिक दल र मधेसी मोर्चाका तर्फबाट एक एक  प्रतिनिधि सहभागी रहेको कार्यदल गठन गरेको हो ।  आआफ्ना दलका तर्फबाट आधिकारिक धारणा र अधिकार लिएर दुई दिनभित्र सहमतिको प्रतिवेदन तयार पारी शीर्ष नेताको बैठकमा पेस गर्ने कार्यदललाई अख्तियारी दिइएको छ ।             कार्यदलमा नेपाली काँग्रेसका तर्फबाट महामन्त्री कृष्णप्रसाद सिटौला, नेकपा(एमाले)का उपाध्यक्ष भीमबहादुर रावल, एकीकृत नेकपा(माओवादी)का महासचिव कृष्णबहादुर महरा तथा मधेसी मोर्चाका तर्फबाट सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण हुनुहुन्छ ।  कार्यदललाई शनिबारसम्म संविधानका विवादित विषयमा सहमति जुटाउने आधार के हुन सक्छ र कसरी विवादित विषयमा सहमति हुन सक्छ भन्नेबारेमा ठोस अवधारणा ल्याउने जिम्मा दिइएको छ ।        दलबीच पछिल्लो दिनमा बढेको विश्वासको सङ्कटलाई समेत समाधान गर्ने र संविधानका आधारभूत विषयमा सहमति गने उपाय खोज्न कार्यदललाई जिम्मा दिइएको नेताहरूले प्रतिक्रिया दिनुभएको छ ।  बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका वरिष्ठ नेता झलनाथ खनालले दलबीच पछिल्लो दिनमा बढेको अश्विासको खाडल आजको छलफलले अन्त्य भएको र सहमतिको वातावरण बनेको प्रतिक्रिया दिनुभयो । उहाँले संविधानका विवादित विषयमा सहमति जुटाउनका लागि सबै पार्टीका तर्फबाट अधिकार सम्पन्न व्यक्ति रहने कार्यदल गठन गरिएको समेत जानकारी दिनुभयो

माघ ८ गतेभित्र संविधान जारी गर्न कार्यदलः श्रेष्ठ

एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सहमतिमा नै आगामी माघ ८ गतेभित्र संविधान जारी गर्न र सर्वपक्षीय सहमति जुटाउन कार्यदल निर्माण गरिएको जानकारी दिनुभयो । विवादित विषयमा सहमति कायम गरेर तोकिएकै समयमा संविधान जारी गर्ने वातावरण बनाउनका लागि प्रयत्न गर्न सबै पक्षले आवश्यक लचकता अपनाउने समेत आजको बैठकले सहमति गरेको उहाँको भनाइ छ । तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले प्रमुख चार पक्षको बैठकमा आपसी मन माझामाझ गर्ने र सहमति खोज्नका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नेमा जोड दिइएको जानकारी दिनुभयो । आजको बैठकमा प्रधानमन्त्री कोइरालाले यसअघि  एमाले, एमाओवादीका अध्यक्ष र मधेसी मोर्चासँग भएका छुट्टाछुट्टै छलफलका बारेमा जानकारी गराउनुभएको थियो । मोर्चासँगको छलफल सकिएलगत्तै प्रमुख तीन राजनीतिक दलसहित  मोर्चाको संयुक्त बैठक बसेको थियो । संविधानका विवादित विषयमा सहमति जुटाउने र जनतासँग गरिएको प्रतिबद्धताअनुसार माघ ८ गतेभित्र द्रुतमार्गबाट भए पनि संविधान जारी गर्ने वातावरण बनाउनका लागि आजको बैठक केन्द्रित रहेको एमाले उपाध्यक्ष रावलले जानकारी दिनुभयो ।  narayankajiदलबीच रहेको अन्तरविरोधलाई हल गरेर सहमति र प्रक्रिया दुवै सँगसँगै अगाडि बढाउन अधिकारसम्पन्न कार्यदल गठन गरिएको उहाँको भनाइ छ । बिहीबार अपरान्हदेखि प्रमुख दलबीच भएको छलफलले पछिल्लो दिनमा बढेको अविश्वासको खाडललाई कम गरेको एमाओवादी उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।नेताहरूले कार्यदललाई विवादित विषयमा सहमति जुटाउनका लागि मात्रै आग्रह गरेको र सरकार विस्तारका विषयमा कुनै पनि अख्तियारी नदिइएको प्रतिक्रिया दिनुभयो । पछिल्लो दिनमा सर्वपक्षीय सरकार गठनको विषयमा समेत चर्चा परिचर्चा चलेको सन्दर्भमा उहाँहरूलाई संविधानको विवादित विषयमा मात्रै सहमति खोज्ने जिम्मा दिइएको उपाध्यक्ष श्रेष्ठको भनाइ छ । कार्यदललाई आआफ्ना दलका तर्फबाट हदैसम्मको लचकता अपनाई कुन बिन्दुमा सहमति हुन सक्छ भन्नेबारे स्पष्ट प्रतिवेदन दिने जिम्मा दिइएको एमाले वरिष्ठ नेता खनालले जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री कोइरालाले मधेसी मोर्चाका नेतासँग गरेको छलफल सहमतिमा माघ ८ भित्रै संविधान जारी गर्ने विषयमा सकारात्मक  भएको अध्यक्ष यादवको भनाइ थियो ।बुधबार प्रमुख चार पक्षबीच भएको छलफलमा अडान मात्रै राख्ने भन्दा पनि सहमतिको आधार के हुन सक्छ भन्ने विषयमा ठोस निर्णय गर्ने सहमति भएको थियो ।  सहमतिको वातावरण बनाउनका लागि प्रधानमन्त्री कोइरालाले आजै एमालेका अध्यक्ष केपी शर्मा ओली र एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग छुट्टाछुट्टै छलफल गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?