विदेशमन्त्रीको सम्मानमा चिनियाँ दूतावासको रात्रीभोज, उच्चस्तरीय भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री चीन जाने


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????नेपाल र चीनबीच द्विपक्षीय तहमा उच्चस्तरीय भ्रमण आदानप्रदानको तयारीका लागि परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे चाँडै चीन जानुहुने भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीको जारी नेपाल भ्रमणका कारण दुई पक्षीय उच्चस्तरीय भ्रमण आदानप्रदान र सम्बन्ध विस्तारका लागि वातावरण बनिरहेका बेला मन्त्री यीको भ्रमण लगत्तै परराष्ट्रमन्त्री पाण्डेले चीनको भ्रमण गरी थप वातावरण बनाउनुहुने भएको हो । मन्त्री यीको नेपाल भ्रमणका अवसरमा आज उहाँको सम्मानमा नेपालका लागि चिनियाँ राजदुतावासले आयोजना गरेको रात्रीभोजपछिको साइडलाइन वार्तामा पनि दुई मन्त्रीबीच अनौपचारिक कुराकानी हुँदा उच्चस्तरीय भ्रमणका लागि दुबै तर्फबाट पहल गर्ने समझदारी भएको छ । भेटपछि मन्त्री पाण्डेले राससलाई दिनुभएको जानकारीअनुसार मन्त्री यीले नेपालका राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालालाई चीनका समकक्षीका तर्फबाट भ्रमणका लागि औपचारिक निमन्त्रणा आएको बताउँदै नेपालमा पनि चीनका राष्ट्रपति सी जिनपिङको भ्रमण हुने आशा व्यक्त गर्नुभयो । उहाँले सबभन्दा पहिले प्रधानमन्त्री कोइरालाले चीन भ्रमण गर्ने सम्भावना रहेको बताउनुभयो । उहाँले आफू चाँडै चीन सरकारको निमन्त्रणामा सो मुलुकको भ्रमणमा जाने जानकारी दिँदै दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री कोइरालाका विदेश मामिला सल्लाहकार डा दिनेश भट्टराईले मिति तय नभए पनि दुई देशका बीचमा उच्चस्तरको भ्रमण आदान प्रदान हुने जानकारी दिनुभयो । रात्रीभोजमा आफ्नो मन्तव्य दिँदै चिनियाँ विदेशमन्त्रीले दुई पक्षीय हितका विषयमा दुई देशका बीचमा लामो समयदेखि हुँदै आएको सम्बन्धलाई अझ विस्तार गर्न आफूहरू तयार भएको बताउनुभयो । उहाँले चिनियाँ क्रान्तिका नेता माओ त्से तुङको १२१औँ जन्मदिन आजको अवसरलाई स्मरण गर्दै चीनले स्थापना गरेको समाजवादको नयाँ चरित्र र त्यसको सफलताबाट विश्वमा त्यसको प्रभाव परिरहेको बताउनुभयो । उहाँले चीनको विकासबाट नेपालजस्ता छिमेकी मुलुकले पनि लाभ लिन सकुन् भन्ने आफ्नो चाहना भएको उल्लेख गर्नुभयो । दुई देशका मन्त्रीबीच आज भएको औपचारिक वार्तामा आपसी हित र चासोका विविध विषयमा सहकार्य गर्न दुई वर्षअघि स्थापित परराष्ट्रमन्त्रीस्तरीय संयन्त्रलाई सशक्त एवम् प्रभावकारी बनाउने सहमति भएको थियो । नेपाल र चीनबीच दौत्य सम्बन्ध स्थापनाको ६० बर्ष प्रवेशका अवसरमा मनाइने कार्यक्रमका लागि पनि दुई देशका सम्बन्धित संयन्त्रले कार्य गरिरहेको सल्लाहकार भट्टराईले जानकारी दिनुभयो । रात्रीभोजमा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री प्रकाशमानसिंह, पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, झलनाथ खनाल, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, विभिन्न पार्टीका नेता, सभासद् र सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?