आज चार दलका शीर्ष नेताको निर्णायक वार्ता, विहानै बसेर विवादित विषय टुंग्याउने प्रयास हुने


?????????????????????????????????????????????????????????संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउने आधार तयार गर्ने जिम्मेवारी पाएको चार दलीय कार्यदलले कुनै टुङ्गो लगाउन नसकेपछि पुनः जिम्मेवारी शीर्ष नेताहरूको काँधमा पुगेको छ । नेपाली काँग्रेस, नेकपा(एमाले), एमाओवादी र मधेसी मोर्चाका एक एक जना प्रतिनिधि सम्मिलित कार्यदलले दुई दिनसम्म विवादित विषयमा छलफल गरे पनि कुनै निर्णय गर्न नसकेपछि कार्यदलले असहमतिको प्रतिवेदन प्रमुख चार दलका शीर्ष नेताहरूलाई बुझाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको प्रमुख चार दलको बैठकमा कार्यदलले विवादित विषयको कुनै टुङ्गो लगाउन नसकेको प्रतिवेदन बुझाएपछि उक्त विषयलाई चारदलले अन्तिम छलफल गरी निचोड निकाल्ने सहमतिका साथ बैठक सकिएको छ । बैठकपछि एमाले उपाध्यक्ष भीमबहादुर रावलले विवादित विषयबारे कार्यदलमा ब्यापक छलफल गरे पनि कुनै टुङ्गो लगाउन नसकेको र विषयवस्तुको जटिलताअनुरूप शीर्ष नेताको तहबाटै छलफल गरी टुङ्गो लगाउनुपर्ने देखिएकाले अन्तिम जिम्मेवारी शीर्ष नेतृत्वलाई सुम्पिएको बताउनुभयो । “हामीले कार्यदलको तर्फबाट विषयवस्तुमा गहिरो छलफल ग¥यौँ । समय अत्यन्त कम भएकाले निर्णायक वार्ताका लागि राजनीतिक शीर्ष नेताहरूको तहमा संयुक्त रूपमा बसेर छलफल गर्नुपर्छ भन्ने सुझाव राख्यौँ । त्यसमा नेताहरूबीचमा केहीबेर कुराकानी भयो र वार्तालाई अगाडि बढाउन भोलि बिहान ८ बजे बैठक बस्ने निर्णय भयो” कार्यदलका सदस्यसमेत रहेका नेता रावलले भन्नुभयो । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले कार्यदलको तर्फबाट व्यापक र खुलस्त छलफल गरी सहमति नजिक पुगेको तर सहमति गर्न नसकेकाले शीर्ष तहमै बसेर टुङ्गो लगाउने आसयको जानकारी गराएपछि विवादित विषयलाई अब शीर्ष नेताहरूले चाँडै टुङ्गो लगाउने बताउनुभयो । “कार्यदलको तर्फबाट उहाँहरूले मौखिक रूपमा सहमति गर्न नसकेको कुराकानी राख्नुभयो । विवादित विषयको टुङ्गो लगाउन हामीले तत्कालै शीर्ष तहमा वार्ता सुरु गरेका छौँ । भोलि चारदलबीच कुराकानी हुन्छ,” उहाँले भन्नुभयो । एकीकृत नेकपा (माओवादी) का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कार्यदलको छलफलमा सहमति नभएको तर विमतिका विषय साँघुरिएकाले शीर्ष नेताहरू बसेर सहमति गर्न सक्ने आधार खडा भएको बताउनुभयो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?