बङ्गलादेशमा प्रतिपक्षले आह्वान गरेको हडतालमा एकको मृत्यु


???????????????????बङ्गलादेशमा सोमबार प्रतिपक्षले आह्वान गरेको देशव्यापी हडतालमा उनीहरूका कार्यकर्ताहरू तथा प्रहरीबीच भएको भिडन्तमा एक महिलाको मृत्युभएको छ भने अन्य धेरै व्यक्ति घाइते भएका छन् । विवादास्पद निर्वाचनको पहिलो वर्षदिनका अगाडि यहाँ तनाव बढेको छ । तटीय जिल्ला नोआखालीमा प्रतिपक्षी प्रदर्शनकारीले प्रहार गरेको एक ढुङ्गा टाउकोमा लागी घाइते भएकी एक महिला शिक्षकको सोही चोटका कारण मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । स्थानीय प्रहरी प्रमुख अनवर अलीले यी शिक्षकलाई अस्पताल ल्याएपछि उनको मृत्यु भइसकेको घोषणा गरिएको बताए । प्रमुख प्रतिपक्षी बङ्गलादेश नेसनालिस्ट पार्टी (बीएनपी) तथा इस्लामी सङ्गठनसहित उसका १९ सहयोगी दलले उनीहरूका नेता तथा समर्थकलाई सुरक्षा संयन्त्रले गरेको कारवाहीको विरोधमा उक्त हडताल आह्वान गरेका हुन् । यस वर्ष जनवरी ५ मा भएको र आफ्नो दलले बहिष्कार गरेको निर्वाचनको वर्षदिनमा गर्न खोजिएको प्रदर्शन असफल पार्न प्रहरीले बुधबारदेखि आफ्ना दलका कम्तीमा ४०० अधिकारी तथा कार्यकर्ता पक्राउ गरेको बीएनपीका प्रवक्ता रिज्वी अहमदले बताए । बीएनपीको प्रमुख निर्णायक एकाइका एक वरिष्ठ सदस्य तथा युवा शाखाका प्रमुख पनि पक्राउ परेको बताइएको छ भने अन्य अधिकारीहरू हाल भूमिगत भएका छन् । प्रतिपक्षले निर्वाचन बहिष्कार गर्दा संसदीय निर्वाचनमा प्रमुख प्रतिस्पर्धा देखिएको थिएन भने प्रधानमन्त्री सेख हसिनाको अवामी लिग पार्टीले अत्यधिक मतले शक्ति आफ्नो पक्षमा पा¥यो । प्रधानमन्त्री हसिनाले सन् २०१९ मा आफ्नो नयाँ अवधि समाप्त नभएसम्म निर्वाचन नगर्ने बताउनुभएको छ । सोमबारको हडतालमा राजधानीको सडक समग्रमा खाली देखिएको थियो । कार्यालय तथा विद्यालयहरू बन्द रहे भने राष्ट्रिय राजमार्गमा भने बस तथा लरी चलेका थिए । ढाकामा चार व्यक्ति घाइते भए भने प्रहरीले भीड हटाउन प्रहार गरेको अश्रुग्यास लागेर एक युवक घाइते भएको प्रहरी निरीक्षक साहब उद्दिनले बताए । प्रदर्शनकारीले प्रहार गरेको पेट्रोल बम (ककटेल बम) का कारण तीन प्रहरी घाइते भएको र उनीहरूलाई प्रहरी अस्पताल लगिएको उनले बताए । आइतबार रातीको हिंसामा तीन व्यक्ति घाइते भएको र दुई बसमा आगजनी भएको प्रहरीले जानकारी दिए ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?