सम्पत्ति विवरण नबुझाउनेमा मन्त्री र सभासद्लाई ५ हजार जरिवाना (नामावलीसहित)


sambidhan
सार्वजनिक पद धारण गरेका व्यक्तिमध्ये तोकिएको समयमा आफ्नो सम्पत्ति विवरण नबुझाउनेमा एक मन्त्री र ५६ सभासद् छन् । राष्ट्रिय सतर्कता केन्द्रले आयोजना गरेको पत्रकार भेटघटमा सहरी विकासमन्त्री डा नारायण खड्काले सो विवरण उपलब्ध नगराएको जानकारी दिइयो । यसैगरी विभिन्न दलमा आबद्ध सभासद्ले पनि सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण उक्त केन्द्रको वेबसाइट www.nvc.gov.np मा पनि राखिएको छ । मन्त्रिपरिषद्का १३ सदस्य, तीन सभासद् र राष्ट्रपतिबाट नियुक्त वा मनोनीत पाँच पदाधिकारीले ढिलो गरी सम्पत्ति विवरण बुझाएको प्रवक्ता भोजेन्द्रकुमार क्षेत्रीले जानकारी दिनुभयो । सार्वजनिक पद धारण गरेका तीन लाख २३ हजार २६३ पदाधिकारीमध्ये आव २०७०।७१ मा दुई लाख ९९ हजार ४०४ जनाले समयमै र एक हजार ६०८ जनाले म्याद नाघेपछि सम्पत्ति विवरण बुझाएको उल्लेख गर्दै उहाँले सम्पत्ति विवरण नबुझाउने २२ हजार २५१ जना पदाधिकारीलाई जनही रु पाँच हजार जरिवाना गरिने र यसबाट रु एघार करोड १२ लाख ५५ हजार राजस्व असुल हुने बताउनुभयो । आव २०६९÷०७० को तुलनामा यस आवमा थप आठ हजार ७८६ जना पदाधिकारीले सो विवरण बुझाएकाले चार दशमलव पाँच प्रतिशतले सम्पत्ति बुझाउनेको सङ्ख्या बढेको सो अवसरमा जानकारी दिइयो ।  सम्पत्ति विवरण नबुझाउनेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न मन्त्रालय तथा अन्तर्गतका कर्मचारी, सभासद्, सेना प्रहरी, निजामती कितावखानामा सम्पत्ति विवरण बुझाउनुपर्ने कर्मचारी र विभिन्न विश्वविद्यालयका प्राध्यापक छन् ।
सम्पत्ति विवरण नबुझाउने सभासद्को नाम –
अर्जुननरसिंह केसी नुवाकोट
अम्बिका बस्नेत काठमाडौँ
अमृतकुमार अर्याल मोरङ
आनन्दप्रसाद ढुङ्गाना धनुषा
आशा विक बाँके
इन्द्रबहादुर बानियाँ मकवानपुर
ईश्वरी न्यौपाने कैलाली
कन्चनचन्द्रवादे श्रेष्ठ
काभ्रेपलाञ्चोक
कमल थापा काठमाडौँ
कान्ता भट्टराई(निलम्बित) काठमाडौँ
कुमारीलक्ष्मी राई ललितपुर
केशव थापा इलाम
गिरिराजमणि पोखरेल महोत्तरी
डिलबहादुर नेपाली कास्की
तीर्थबहादुर लामा काभ्रेपलाञ्चोक
तेजुलाल चौधरी सप्तरी
दिनेशप्रसाद साह धनुषा
दीपक बोहरा रूपन्देही
दीपशिखा शर्मा ढकाल धनुषा
दिलीप खवास गच्छदार मोरङ्ग
दिवानसिंह विष्ट कञ्चनपुर
देवकरणप्रसाद कलवार नवलपरासी
धर्मेन्द्रकुमार साह तेली महोत्तरी
नरेन्द्रविक्रम नेम्बाङ पाँचथर
निर्जला राउत सिराहा
पद्मनारायण चौधरी सिराहा
बलबहादुर केसी सोलुखुम्बु
बहादुरसिंह लामा (तामाङ) नुवाकोट
विक्रम पाण्डे चितवन
विश्वेन्द्र पासवान
सिरहा
भीमप्रसाद आचार्य सुनसरी
महेन्द्र यादव धनुषा
मानपुर चौधरी सप्तरी
मीनबहादुर विश्वकर्मा
भोजपुर
मोहनबहादुर बस्नेत सिन्धुपाल्चोक
राजकुमार अग्रवाल पर्सा
राजलक्ष्मी गोल्छा मोरङ
राजु थापा स्याङ्जा
राजेन्द्रकुमार केसी काठमाडौँ
लालबाबुसिंह भुइहार
बारा
विजयकुमार सिंह महोत्तरी
विमलकुमार केडिया पर्सा
शक्तिबहादुर बस्नेत जाजरकोट
शम्भु पासवान हजारी सर्लाही
डा शिवजी यादव महोत्तरी
शिला शर्मा (खड्का) काठमाडौँ
सीताराम भण्डारी महोत्तरी
सीमाकुमारी विक रूपन्देही
सुजाता कोइराला मोरङ
सुनीलकुमार यादव रौतहट
सुरेन्द्रप्रसाद चौधरी पर्सा
सुरेन्द्रप्रसाद यादव सप्तरी
सूर्यमान गुरुङ ताप्लेजुङ्ग
सञ्जयकुमार साह धनुषा
हरिबोलप्रसाद गजुरेल सिन्धुली
हरिबहादुर खड्का बागलुङ

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?