स्थापनाको ८० वर्षपछि चिडियाखाना संकटमा, नीति निर्माण गर्न माग


zooनेपालमा चिडियाखाना स्थापनाको लामो समय बितिसक्दासमेत ठोस नीति निर्माण हुन नसक्दा सञ्चालनमा समस्या देखिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको १९ वर्ष पुगेको अवसरमा आयोजना गरेको कार्यक्रममा चिडियाखानाका प्रमुख सरिता ज्ञावालीले हरेक देशमा चिडियाखानाको स्थापनासँगै सञ्चालनका लागि तत्काल नीति निर्माण तयारी गरिए पनि नेपालको सन्दर्भमा त्यसो हुन नसकेको बताउनुभयो । नेपालको चिडियाखाना स्थापना भएको ८० वर्ष बढी बित्दा पनि व्यवस्थापन र सञ्चालनसम्बन्धी आवश्यक नीति निर्माण नहुँदा समस्या परेको उहाँको भनाइ छ । कार्यक्रममा वन तथा भूसंरक्षण मन्त्रालयका सचिव शरदचन्द्र पौडेलले पछिल्लो समय चिडियाखना सञ्चालनका निम्ति ठोस नीति नभए पनि व्यवस्थापन उत्कृष्ट भएको जिकिर गनुृभयो । कोषका सदस्यसचिव गोविन्द गजुलेलले ११५ प्रजातिका जीवजनावर रहेको चिडियाखानाको अझै थप व्यवस्थापन गर्न आवश्यक रहेको र साना जीव जनावरलाई अहिलेकै स्थानमा राखे पनि बाघ, भालु, हात्ती, गैँडा जस्ता ठूला जनावरलाई बस्न ठाउँको अभाव भएकाले अन्य स्थानमा व्यवस्था गर्नुपर्ने औँल्याउनुभयो । विसं १९८९ मा तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरको पालामा ललितपुरको जावलाखलेमा सदर चिडियाखाना स्थापना भएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?