एयर एशियाको बेपत्ता विमानका ठूला टुक्रा भेटिए, अहिलेसम्म ३० शव संकलन


planeएयर एशियाको क्यूजेड३५०१ विमानका ठूला केही टुक्रा फेला पारिएको उद्धार तथा खोज अधिकारीहरुले जनाएका छन् । यस्तै अहिलेसम्म संकलन गरिएका शवको संख्या ३० पुगेको छ । यतिबेला रिमोट कन्ट्रोलको सहायताले पानीमुनी खोज्ने उपकरणले विमानको खोजी गरिरहेपछि ठूलो छालहरुले खोजी कार्यमा व्यवधान उत्पन्न गरिरहेका छन् । १ हजार ५ सय ७५ स्क्वयाएर नटिकल माईल क्षेत्रमा खोजी केन्द्रित भएको छ भने यसमा २९ जहाजहरु र १७ प्लेन सहभागी भएका छन् । यी उद्धार उपकरणहरु विभिन्न देशबाट ल्याइएका हुन् । यसैबीच, एयर एसियाको विमान उड्नुअघि अनुमति नलिई उडेको खुलासा भएको छ । ईन्डोनेसियाको यातायात मन्त्रालयले एयर एशियाको विमानले अनुमति नहुँदा नहुँदै उडान गरेकोले यस रुटमा उसका अन्य उडानहरुलाई स्थगित गरिएको जनाएको छ । अनुसन्धान पूरा नभएसम्मका लागि यो प्रतिबन्ध लगाइएको हो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?