डडेल्धुरा सदरमुकामको आगलागीको क्षतिबारे विवरण संकलन गरिँदै, अर्बौंको क्षतिको अनुमान


dadelशनिबार राति डडेल्धुरा सदरमुकाममा भएको भीषण आगलागी ११ घन्टापछि नियन्त्रणमा आएको छ । आगलागीका कारण डडेल्धुरा सदरमुकाममा अर्बौंको क्षति भएको अनुमान गरिएको छ । सदरमुकाम बागबजारको मध्यभागमा रहेको एउटा पसलबाट सुरु भएको आगलागीले छवटा घर तथा गोदामसहित १४ वटा पसल जलेर नष्ट भएका छन् । शनिबार राति करिब १ बजेदेखि सुरु भएको आगलागी आइतबार ११ बजेमात्रै नियन्त्रणमा आएको हो । आगलागीका कारण अर्बौंको क्षति भएको व्यवसायीहरूले जनाएका छन् । क्षतिको यकिन विवरण सङ्कलनका लागि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले सर्वपक्षीय बैठकमार्फत आइतबार कार्यदल गठन गरेको छ । “ठूलो मात्रामा क्षति भएको छ,” प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले भन्नुभयो – “यकिन विवरण सङ्कलनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा टोली गठन गरेका छौँ, सङ्कलनपछि यकिन विवरण आउँछ ।” आगलागी विद्युत् चुहावटका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगलागी नियन्त्रणका लागि अमरगढी नगरपालिका डडेल्धुराको दमकलसँगै दशरथचन्द्र नगरपालिका बैतडी र दिपायल सिलगढी नगरपालिका डोटीको दमकल प्रयोग गरिएका थिए । त्यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीय बासिन्दाको निरन्तरको प्रयासका कारण आगलागी नियन्त्रणमा आएको हो । आगो निभाउन दुईवटा डोजरसमेत प्रयोग गरिएका थिए । “व्यापक सुरक्षाकर्मीसहित दमकल र डोजर प्रयोगपछि आगलागी नियन्त्रणमा आएको हो,” प्रहरी नायब उपरीक्षक योगेन्द्रबहादुर थापाले भन्नुभयो – “स्थानीय बासिन्दाको पहलले पनि आगो निभाउन सजिलो भयो ।” ग्यास सिलिन्डर पड्किएका कारण आगलागी बढेको प्रत्यक्षदर्शीको भनाइ छ । ग्यास सिलिन्डरकै कारण आगलागी नियन्त्रणमा ल्याउन कठिनाइ भएको थियो ।

देउवाको सहानुभूति

पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले एक विज्ञप्ति प्रकाशित गरी डडेल्धुरा जिल्लाको सदरमुकाम अमरगढीमा गएराति भीषण आगलागी भई एक दर्जनभन्दा घर जलेर करोडाँैको नोक्सानी भएको खबरले आपूmलाई स्तब्ध बनाएको बताउनुभएको छ । नेता देउवाले आगलागीबाट कयाँै परिवार घरबारबिहीन भएको, अत्यधिक चिसोका कारण जनजीवन अस्तव्यस्त भइरहेको अवस्थामा बस्ने बाससमेत आगलागीबाट पूर्ण क्षति हुँदा दैनिक जीवनयापनमा झनै मुस्किल परेको घटनाले आफुलाई थप चिन्तित र दुःखित बनाएको उल्लेख गर्नु भएको छ । उहाँले आगलागीबाट हुन गएको क्षतिको यकिन विवरण पठाई सहयोग पु¥याउन जिल्ला प्रशासन कार्यालय डडेल्धुरालाई अनुरोध गर्नुभएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?