महिला बेचेको आरोपमा २० वर्षीय सुकमान तामाङलाई २० वर्ष जेल सजाय
दुई महिलालाई ललाइफकाई भारतको दिल्ली पु¥याएर बेचेको अभियोगमा पक्राउ परेका एक युवालाई जिल्ला अदालत नुवाकोटले २० वर्षको कैद फैसला गरेको छ । मानव बेचबिखनको आरोपमा दुई वर्षअघि पक्राउ परेका घ्याङ्फेदी– ६ का २० वर्षीय सुकमान तामाङलाई जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले आइतबार र एक लाख जरिवाना तथा पीडित युवतीलाई रु एक लाख क्षतिपूर्ति भराउन आदेश दिएको अदालतका श्रेस्तेदार राकेशमणि उपाध्यायले जनाकारी दिनुभयो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ र नियमावली २०६५ अनुसार सो फैसला भएको अदालतले जनाएको छ । तामाङसहितको तीन जनाको समूहले २०६५ साल साउन २८ गते सोही गाविसका २६ र २७ वर्षीया विवाहित महिलालाई भारतमा लगेर बेचेका थिए । सो घटनामा संलग्न अन्य दुई जना अझै पक्राउ पर्न सकेका छैनन् । पीडित महिलाका श्रीमान्ले कोसेली नेपाल नामक मानव बेचबिखन विरुद्ध क्रियाशील संस्थाको सहयोगमा जिल्ला प्रहरीमा उजुरी दिएपछि सुकमानलाई प्रहरीले पक्राउ गरेको थियो । तामाङकै सूचनाका आधारमा बेचिएका महिलालाई साढे चार वर्षपछि २०६९ चैत ५ गते नेपाल ल्याई परिवारको जिम्मा लगाइएको कोसेली नेपालका अध्यक्ष अस्मिता थापाले बताउनुभयो ।