भेटिएन दुर्घटनाग्रस्त एयर एसियाको विमानको ब्ल्याक बक्स
एयर एसियाको दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स अझै भेटिएको छैन । उद्धारकर्ताहरुले जति नै प्रयत्न गरेपनि विमानका अवशेषहरु भेटिएको ठाउँमा कुनै संकेत फेला परेको छैन । उद्धार टोलीका सदस्य सुप्रियदीका अनुसार ब्ल्याक बक्स या त समुद्रको तहमा गाडिएको छ अथवा हिलोमाटोले छोपिएको छ । साथै, यसको संकेतलाई प्राप्त गर्न लेदोयुक्त धमिलो पानीले पनि सहयोग गरेका कारण नभेटिएको हो । अर्कोतर्फ विमान कसरी दुर्घटना भयो भन्ने एकिन नभएकोले ब्ल्याक बक्स कहाँ खसेको छ भन्ने पनि पत्तो छैन । ३४ हजार फिट माथिबाट झरेको विमान पानीमुनी पुग्दासम्म कति टुक्रा भयो भन्ने अनुमान मात्र गर्न सकिन्छ । विमान दुर्घटनाको ९ दिनसम्म पनि ब्ल्याक बक्स फेला पर्न नसके पनि बुधबार केही न केही भेटिने अपेक्षा उद्धारकर्ताहरुको छ । आज मौसम निकै सफा छ, सफलता हात लाग्छ होला, उद्धार टोलीको निष्कर्श छ ।