दलहरुबीच सहमतिका लागि अन्तिम कसरत, नभए प्रक्रियामा जाने


Three Parties Meetingप्रमुख दलहरुबीच सहमतिका लागि अन्तिम प्रयास जारी छ । आज बुधबार सहमति गर्न नसकेको अवस्थामा प्रक्रियामा जानका निम्ति एमाले र काँग्रेसले आन्तरिक तयारी समेत गरेका छन् । मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुई दलका नेताहरुको बैठकमा प्रतिपक्षी मोर्चासँग कुन कुन विषयमा लचकताका साथ प्रस्तुत हुने भन्ने विषय टुंगो लगाएपछि अन्तिम प्रयास गर्न लागिएको हो । एमालेसँगको बैठकमा प्रधानमन्त्री सुशील कोइरालाले विपक्षी मोर्चासँगको छलफलबारे जानकारी गराउनुभएको थियो । प्रदेशहरुको नाम पछि टुंगो लगाउनेगरी ६ प्रदेशको प्रस्ताव काँग्रेस र एमालेले ल्याउने बुझिएको छ । शासकीय स्वरुपमा सुधारिएको संसदीय प्रणाली, निर्वाचन प्रणाली र न्याय प्रणालीमा लचिलो हुने दुई दलको निष्कर्श छ । अब पनि सहमतिमा नआए प्रक्रिायबाट जाने र कसैलाई कुरेर नबस्ने विषयमा एमाले र काँग्रेसबीच छलफल भएको छ ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?