एनआरएन भवनका लागि युरोपका चार देशबाट जुट्यो करोडभन्दा बढी सहयोग
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को काठमाडौमा बन्न लागेको केन्द्रीय कार्यालय भवन निर्माणका लागि युरोपका ४ देशमा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुले १ करोड ५ लाख रुपैयाँ सहयोग गरेका छन् । गतसाता गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले युरोप भ्रमणका क्रममा जर्मनी, बेल्जियम र स्वीटजरल्याण्डमा आयोजित कार्यक्रमहरुबाट यो रकम जुटेको हो। जर्मनीको फ्याङ्कर्फटमा आयोजित कार्यक्रममा सो क्षेत्रमा बसोबासगर्ने गैरआवासीय नेपालीहरुले ४६ लाख रुपैयाँ संकलन गरेका थिए। । यसैगरि बेल्जियममा आयोजित कार्यक्रममा ४३ लाख रुपैयाँ संकलन भएको हो। यस्तै नेदरल्याण्डका एनआरएन प्रतिनिधिहरुले १० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।
यसैगरि स्वीटरल्याण्डको जेनेभामा आयोजित कार्यक्रममा ६ लाख रुपैयाँ संकलन भएको छ । एनआरएन अध्यक्षको यसपटकको युरोप भ्रमणका दौरान तीनवटा शहरमा आयोजितकार्यक्रमबाट कुल १ करोड ५ लाख रुपैयाँ भवन निर्माणका लागि सहयोग जुटेको हो। गैरआवासीय नेपाली संघले करिव १५ करोड रुपैयाँ लागतमा काठमाण्डौमा आफ्नै भवन निर्माण गर्ने योजना बनाएको छ । जसका लागि चलेको अभियानमा अष्ट्रेलिया, अमेरिका, हङकङ, चीन, थाइल्याण्ड लागयतका मुलुकले सक्रियता सहभागीता जनाइसकेका छन भने युरोपका चारवटा मुलुकले पनि अध्यक्षको समुपस्थीतिमा रकम संकलन कार्यक्रम गरेका हुन्।