केही सातामै हामी एनआरएन अष्ट्रेलियाको नयाँ सदस्यताखोल्दैछौं : महेन्द्र ओली, अध्यक्ष गैरआवासीय नेपाली संघ अष्ट्रेलिया
गैरआवासीय नेपाली संघ अष्ट्रेलियाकाअध्यक्ष महेन्द्र ओलीले केही साताभित्रै नयाँ सदस्यता खुल्ने बताउनुभएको छ । एमएनटीभीको नियमित प्रस्तुतिजम्काभेटमा भीमसेन सापकोटासँग कुरा गर्दैै उहाँले अहिलेसम्मको एनआरएनएकाउपलब्धीको विषयमाचर्चा गर्नुभएको छ । मुख्यतः नेपाल प्रबद्र्धन, नेपाली समूदायबीचको भाईचारा बृद्धि, अप्ठेरोमा परेकाहरुलाई सहयोग र नेपालमा परोपकारी कार्यहरुमा अग्रसरताको क्षेत्रमानिकै कामभएको अध्यक्षओलीले दाबीगर्नुभयो । उहाँकाअनुसार नेपालमहोत्सवको आयोजना, विभिन्न परोपकारी कार्यमा नेतृत्वदायी सहभागिता, स्कूल परियोजनाको सञ्चालन, नेपालमाश्रद्धाश्रमको निर्माण, एनआरएन केन्द्रीयभवननिर्माणका लागि सहयोग संकलनलगायतमा एनआरएन अष्ट्रेलियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । यस सम्बन्धीविस्तृत र पूर्ण जानकारीसहितको बुकलेट केही समयमाप्रकाशितगर्ने योजनापनिएनआरएन अष्ट्रेलियाको रहेको छ । उहाँले अब एनआरएनअभियानलाई परिमार्जन गर्नुपर्ने समय आएको पनि बताउनुभयो । उहाँले गैरआवासीय नेपाली संघभित्र लगानी, परोपकार, सीप र प्रविधि हस्तान्तरण आदिकार्यलाई छुट्टा छुट्टै रुपमा सञ्चालनगर्नुपर्ने बताउनुभयो । पूरा अन्तर्वार्ता यो साता एमएनटीभीमा प्रशारण हुँदैछ ।