अकुपाई बानेश्वर जारी, पहिचानसहितको संघीय राज्यको माग


??????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले पहिचानसहितको सङ्घीय राज्य घोषणाको माग गर्दै संविधानसभा भवन नयाँ बानेश्वरमा धर्ना दिएको छ । धर्ना कार्यक्रममा नेवाः स्वायत्त राज्य मंका सङ्घर्ष समितिका सचिवालय संयोजक मल्ल के सुन्दरले समयमै पहिचानसहितको सङ्घीय राज्य भएको संविधान घोषणा गर्नुपर्ने माग गर्नुभयो । धर्ना कार्यक्रममा विभिन्न दलका सभासद्हरू, नेवाः स्वायत्त राज्य मङ्का सङ्घर्ष समिति, किरात संयुक्त सङ्घर्ष समिति, आदिवासी जनजाति युवा महासङ्घ, नेपाल थामी महिला समाज, मगरात संयुक्त सङ्घर्ष समिति, शेर्पा प्रदेश संयुक्त सङघर्ष समिति, आदिवासी स्रष्टा कलाकार सङ्घ, थरुहट तराई पार्टी नेपाल, थारु संयुक्त सङ्घर्ष समितिलगायत संस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?