श्रीलंकामा भएको राष्ट्रपतीय चुनावमा महेन्द्रा राजापाक्षेबाट हार स्वीकार, राष्ट्रपति भवन छोडे


mahendra Rajapakshyaश्रीलंकाका राष्ट्रपति महेन्द्र राजापक्षेले चुनावको पूर्ण परिणाम आउनुअघि नै आफ्नो हार स्वीकार गर्दै राष्ट्रपतीय भवन छोडेका छन् । एक दशकदेखि श्रीलंकाको राजनीतिमा रहेका राजापाक्षेलाई उनकै क्याविनेटका पूर्व स्वास्थ्यमन्त्री म्याथिरीपाला सिरिसेनाले चुनौती दिएका थिए । सहज सत्ता हस्तान्तरणलाई सुनिश्चित गर्दै उहाँले राष्ट्रपति भवन छोड्नुभएको राजापक्षेका सहयोगीहरुले जानकारी दिएका छन् । श्रीलंकाको चुनावमा राष्ट्रपति बन्नका लागि ५० प्रतिशतभन्दा बढी मत ल्याउन आवश्यक हुन्छ । प्रारम्भिक नतिजाहरुले सिरिसेनाले विजय हासिल गर्ने देखाएका छन् । दुई कार्यकाल काम गरिसकेका अनुभवी राजापक्षेले तेस्रो कार्यकाल पनि चलाउने ईच्छा व्यक्त गरेका थिए । देशको गृहयुद्धको अन्त्य गर्ने सफलता पाएका उनलाई सन् २००९ मा पुनः राष्ट्रपति हुने अवसर मिलेको थियो । यस पटकको चुनावमा ७० प्रतिशतसम्म मतदान भएको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?