संविधान नबनेसम्म प्रधानमन्त्रीले कुनैपनि हालतमा नछोड्ने महामन्त्री सिटौलाको भनाई
नेपाली कांग्रेसका महामन्त्री कृष्ण सिटौलाले संविधान नबनेसम्म प्रधानमन्त्री सुशील कोइरालाले पद छाड्न नहुने बताउनभुएको छ । उनले एमालेजस्तो जिम्मेवार पार्टीले सुशील कोइराला हट्नुपर्छ भनेर भन्नै सक्दैन, भन्नै हुँदैन । मिल्दै मिल्दैन भने । मुख्य कुरा बैठकमा चर्को को बोल्यो भन्ने होइन, समस्या समाधानका लागि के गर्यो भन्ने हो उनले भने कांग्रेस समस्या चर्काउन होइन, समाधान गर्न चाहन्छ । कांग्रेस प्रस्तावमा केन्द्रित भएर साझा प्रस्ताव बनेको सिटौलाले भने ।म सभामुखको नियतमा शंका गर्दिनँ उनले भने तर, एक व्यक्ति जति ठूलो कुर्सीमा बसेको होस् उसले मात्र लेखेर संविधान बन्दैन । सिटौलाले नियमावलीले तोकेको विधिअनुसार दलको भूमिकामा संविधान आउने आफू ढुक्क भएको बताए । संविधान नआएसम्म सुशील कोइरालालाई हटाउने कुरा कसैले गर्नै हुँदैन भन्दै उनले कसैलाई मन्त्री हटाउने र फेर्ने मन छ भने फेरे हुन्छ, हटाए हुन्छ । तर, प्रधानमन्त्रीमाथि प्रश्न उठाउन पाइँदैन ।