संविधान जारी गर्नुपूर्व महिलाहरुले बुझाए प्रधानमन्त्रीलाई १२ बुँदे माग, विन विनको अवस्था रहने आश्वासन


????????????????????????????????????????????प्रधानमन्त्री सुशील कोइरालासँग विभिन्न राजनीतिक दलसँग आबद्ध १० वटा महिला सङ्घका प्रतिनिधिहरूले प्रधानमन्त्री निवास बालुवाटारमा भेटगरी भावी संविधानमा समावेश हुनुपर्ने विभिन्न १२ बँुदे माग हस्तान्तरण गरेका छन् । संविधानको प्रस्तावना महिला मैत्री हुनुपर्ने, अंश र वंशको अधिकार मौलिक अधिकारमा हुुनुपर्ने, आमाको नामबाट नागरिकता वितरणको प्रावधान राखिनुपर्ने रोजगारीको प्रत्याभूति हुनुपर्नेलगायतका माग रहेका छन् । विभिन्न चरणमा गरिएका ऐतिहासिक सहमतिहरूको मूल भावना विपरीत हुनेगरी संविधान जारी नगर्न पनि प्रतिनिधिमण्डलले प्रधानमन्त्री कोइरालालाई ध्यानाकर्षण गराएको महिला नेत्री शशि श्रेष्ठले जानकारी दिनुभयो । यसरी ध्यानाकर्षण गराउने विभिन्न राजनीतिक दलसित आबद्ध महिला सङ्घ एवम् पूर्व सांसद मञ्चका प्रतिनिधि हुनुहुन्थ्यो । सो अवसरमा प्रधानमन्त्री कोइरालाले माघ ८ मा नयाँ संविधान जारी गर्नका लागि दलहरूका बीचमा सहमति कायम गर्न छलफल जारी रहेको बताउनुभएको थियो । उहाँले भन्नुभयो, “नयाँ संविधानमा सबै वर्ग, क्षेत्र र समुदायको विन विन अवस्था रहन्छ कसैको अधिकार कटौती हुन्न ।”

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?