काठमाडौं उपत्यकामा दोहोरो बन्द, वैद्य माओवादी र ३० दलीय मोर्चाको बन्दले जनता कष्टमा


????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????????काठमाडौं उपत्यका लगायत आसपासका जिल्लामा नेवा ताम्सालिंग बन्दको कारण जनजीवन प्रभावित बनेको छ । राजधानीका भित्री सडकहरुमा फाट्टफुट्ट मोटरसाईकल चलेका छन् । तर, मुख्य सडकहरु बन्द भएको छ । प्रदर्शनकारीले विहानैदेखि सवारी साधन तोडफोड गरेका कारण सर्वसाधारण त्रसित छन् । ३० दलीय मोर्चाले नेवा र ताम्सालिंग बन्द गरेकै समयमा वैद्य माओवादीले मध्यमाञ्चल बन्द गरेको हो । यसबीचमा अहिलेसम्म केही ठाउँमा तोडफोडको घटना सार्वजनिक भएका छन् । जबर्जसती बन्द गराउन खोज्ने केहीलाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनका क्रममा झडप भएको र केही घाइते भएको पनि खबर छ । मुख्य सडकमा बसेर बन्दकर्ताहरुले नाराबाजी गरिरहेका छन् । बन्दले गर्दा छोटो तथा लामो दूरीका सवारी साधन चल्न सकेका छैनन । यसैबीच, तराई मधेश थरुहट बन्द आज पनि जारी छ । यसलाई संघीय लिम्बुवान पार्टीले समर्थन गरेको छ । हरेक बन्दको विरोध गरौं भन्दै प्रदर्शन गर्दै आएको ठमेल क्षेत्रका व्यवसायीहरु तथा नागरिक समाजका प्रतिनिधिहरुले जुलुस निकाल्ने तयारी गरेका छन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?