जनकपुरमा मृतक आन्दोलनकारीका विषयमा ३० दलीय मोर्चा र प्रशासनविच ६ बुंदै सहमति
आन्दोलनको क्रममा मृत्यु भएका महोत्तरी जिल्लाको एकराही घर भई जनकपुर उपमहानगरपालिका वडा नं ४ उत्तिमपुर बस्ने ३० वर्षीय राजाराम झाका सम्बन्धमा ३० दलीयमोर्चा र प्रशासनविच ६ बुंदै सहमति भएको छ । एकीकृत नेकपामाओवादी सहितको ३० दलीयमोर्चाको पुर्ब घोषीत कार्यक्रमअन्तर्गत जनकपुरको भ्रमरपुरा चौकमा प्रहरी र आन्दोलनकारी विचको झडपमा उनको मृत्यु भएको थियो । सोमबारदेखि आन्दोलित मोर्चा र स्थानीय प्रशासन विचआन्दोलनको क्रममा मृत्यु भएका झालाई शहिद घोषणा गर्नको लागि प्रशासनले सक्दो पहल गर्ने, मृतकझाको किरिया खर्च वापत तत्काल २५ हजार नगद उपलब्ध गराउने र अन्य सहयोगीहरुसँग सहकार्य गरेर थप सहयोग जुटाउने, मृतक झाको परिवारलाई योग्यताअनुसारको सरकारी निकायमा रोजगारीको व्यवस्था गर्ने, मोर्चाको सहभागितामा मृतक झाको घटनास्थलको मुचुल्का बनाईने र सिसिटिभी क्यामरा जडान गरी मृतक झाको पोष्टमार्टम गरिने लगायत ६ बुंदे सहमति भएको सद्भावना पार्टीका धनुषा सभापति सञ्जय सिंहले जानकारी दिए । तर बन्दको कार्यक्रम यथावत नै रहेको मोर्चाले जानकारी दिएको छ । यता, आन्दोलनकारी मध्येको एक समूहले आन्दोलनको क्रममा मृत्यु भएकाले राजारामझालाई शहिद घोषणागर्नु पर्ने र शहिदको पोष्टमार्टम गर्न नमिल्ने भन्दै जनकपुर अञ्चलअस्पतालको ईमरजेन्सी शाखा अगाडि धर्नामा बसेका छन् । धर्नामाखएमाओवादीका रामवृक्ष यादव, चन्द्रशेखर साह, सुरेन्द्र शर्मा, विवेक कर्ण, श्याम ठाकुर र ईन्द्रकुमार मधेशानन्द छन् । उनीहरुले मृतकझाको पोष्टमार्टमकालागि शव लान समेत दिईरहेका छैनन् । यद्यपी, स्थानियप्रशासनले मोर्चासंग भएको सहमतिअनुसार अगाडि बढ्नु पर्ने बताएका छन् ।