एमाले अध्यक्ष ओलीसँग राष्ट्रसङ्घ उपमहासचिव फेल्टम्यानको चासो, सहमति कहिले हुन््छ ?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र संयुक्त राष्ट्र सङ्घका उपमहासचिव जेफ्रे फेल्टम्यानबीच ओली निवास बालकोटमा भेटवार्ता भएको छ । भएको भेटवार्तामा फेल्टम्यानले अध्यक्ष ओलीसँग देशको वर्तमान राजनीतिक अवस्था, संविधान निर्माणको अवस्था, सहमतिका लागि भएका प्रयासका बारेमा चासो राख्नुभएका ओली निवास स्रोतले जानकारी दिएको छ । राष्ट्र सङ्घका महासचिव वान कि मुनले संविधान निर्माणप्रति चासो राख्दै विशेष प्रतिनिधिका रूपमा फेल्टम्यानलाई नेपाल पठाउनुभएको हो ।