राजनीतिक सम्वाद समितिको प्रतिवेदनलाई मतदानमा लैजानुपर्ने एमालेको माग


?????????????????????नेकपा (एमाले) को बसेको स्थायी कमिटी बैठकमा संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले बुझाएको प्रतिवेदनलाई सिधै मतदानमा लगेर भए पनि निर्धारित मितिमै संविधानको मस्यौदा जारी गर्नुपर्नेमा जोड दिइएको छ । समितिले बुझाएको प्रतिवेदनलाई प्रश्नावलीमा वा जनतामा लगेर छलफल गर्दा समय बढी लाग्ने भएकाले सिधै मतदानमा गएर द्रूत मार्गबाट भए पनि माघ ८ मा संविधानको मस्यौदा जारी गर्नुपर्ने बैठकमा सुझाव आएको पार्टीका सचिव प्रदीपकुमार ज्ञवालीले बताउनुभयो । बैठकमा समयमै संविधान जारी गर्नमा एकीकृत नेकपा (माओवादी) ले अवरोध सिर्जना गरेको र संविधान जारी गरेमा अप्रिय हुनेजस्ता धम्की दिनु राष्ट्रघाती विचार भएको र जनताको जनमतको सम्मानका लागि प्रक्रिया अघि बढाएर भए पनि जतिसक्दो छिटो संविधान जारी गर्नुपर्ने स्थायी कमिटी सदस्यहरूको धारणा रहेको थियो ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?