बंगलादेशमा आन्दोलन चर्कियो, गुडिरहेको बसमा पेट्रोल बम प्रहार, एकको मृत्यु


Activists of Hefajat-e-Islam hold copies of daily newspaper Amar Desh during a rally in Dhakaबङ्गलादेशमा बिहीबार पनि विपक्षी दलहरूको आन्दोलन जारी रहेको छ । आन्दोलन प्रतिदित हिंसात्मक बन्दै गएको समाचारमा जनाइएको छ । बिहीबार पनि त्यहाँ सरकारविरुद्धको आन्दोलन झनै चर्र्र्किएको समाचार छ । आन्दोलनकारीहरूले बिहीबार गुडिरहेको बसमा पेट्रोल बम प्रहार गरेका थिए । सो बम विस्फोटपछि आगो लागेर एकजनाको जलेर ज्यान गएको छ । सरकारका विरुद्धमा त्यहाँ दश दिनदेखि आन्दोलन जारी रहेको छ । सो आन्दोलनका क्रममा बिहीबारसम्ममा १७ जनाको ज्यान गइसकेको बताइएको छ । बुधबारमात्र चारजनाको ज्यान गएको बताइएको छ । बङ्गलादेशका प्रमुखसहितका विपक्षी दलहरूले गत वर्षको आमनिर्वाचन एकपक्षीय र धाँधलीपूर्ण भएको भन्दै सो निर्वाचनको वर्षदिन पुगेको दिन गत हप्तादेखि सरकार विरोधी आन्दोलन सुरु गरेका हुन् । पछिल्लो समयमा बङ्गलादेशको सरकार विरोधी आन्दोलनले हिंसात्मक रुप लिइरहेको बताइएको छ । बुधबार पनि आन्दोलनकारीहरूले बसमा आगो लगाई चारजनाको हत्या गरेका थिए भने बिहीबार सोही हिंस्रक घटना दोहोरिएको छ । राजधानी ढाकाबाट करिब ३० माइल उत्तरमा पर्ने कालीकाइर भन्ने क्षेत्रमा गुडिरहेको एक बसमा उनीहरूले बम फालेका थिए । त्यसमा परी एकजना यात्रुको ज्यान गएको छ । अरु कयौँ घाइते भएका बताइएको छ । त वर्षको आमनिर्वाचनमा सबैजसो विपक्षी दलको सहभागिता नरहेकाले वर्तमान सरकार नै जनताद्वारा निर्वाचित सरकार नभएको भन्दै विपक्षी दलले अर्काे निर्वाचनको माग गरिरहेका छन् । पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको पार्टी बङ्गलादेश नेसनल पार्टी (बिएनपी) र अर्काे विपक्षी दल जमात ए इस्लामीले सो आन्दोलनको नेतृत्व गरिरहेका छन् । वर्तमान सरकारलाई यी दुई प्रमुख दलले निर्वाचित सरकारको मान्यता दिएका छैनन् । त्यसैले उनीहरूले अर्काे निर्वाचनको माग गरेका हुन् ।

यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?